सर्लाही जिल्ला बचत संघद्वारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता प्रक्रिया सम्बन्धी तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाही जिल्ला बचत संघद्वारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता प्रक्रिया सम्बन्धी तालिम सम्पन्न 

सर्लाही । सर्लाही जिल्ला बचत संघद्वारा सहकारी दर्ता तथा इजाजतपत्र प्रक्रियालाई थप प्रभावकारी र विधि–सम्मत बनाउन लक्षित एकदिने प्रशिक्षण फागुन १ गते सम्पन्न भएको छ । 

जिल्ला बचत संघका अध्यक्ष मन्दिरा आचार्यको सभाध्यक्षता  भएको कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रका दिगोपन र पारदर्शिता माथि केंद्रित महत्वपूर्ण विचारहरू प्रस्तुत गर्नुभएको थियो ।

हाल संघले सहकारीहरूलाई सुशासन, पारदर्शिता र वित्तीय अनुशासनमा उन्मुख बनाउने उद्देश्यले प्रवद्र्धन गरिरहेको कार्यप्रति जोड दिँदै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता अब अनिवार्य र समयबद्ध प्रक्रिया बनेको स्मरण गराउनुभयो । विशेषगरी बचत तथा ऋण कारोबार भएका सहकारी संस्थाहरूले तोकिएको अवधीभित्र दर्ता प्रक्रिया पूरा गरी इजाजतपत्र प्राप्त गर्नु अपरिहार्य भएको उहाँको भनाइ थियो ।

अध्यक्ष ढकालले ‘मिरा’ सफ्टवेयर मार्फत सहकारीको लेखा–प्रणाली, सदस्य सेवा र वित्तीय कारोबार अब आधुनिक, पारदर्शी र व्यवस्थित बनाउने अभियानलाई पनि संस्थाहरूले प्राथमिकताका साथ अंगीकार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारी दर्ता तथा नियमनसम्बन्धी मुख्य प्राविधिक प्रस्तुति स्वस्तिक साकोसका व्यवस्थापक बिनोद थापाले दिनुभएको थियो । प्रशिक्षणमा जिल्लाका २६ वटा सहकारी संस्थाको सहभागिता रहेको आयोजकले बताउनु भयो । कार्यक्रम सञ्चालन जिल्ला बचत संघका सचिव केशव प्रसाद ढकालले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप