स्वज्ञान साकोसको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 स्वज्ञान साकोसको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न 

काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट स्वज्ञान बचत तथा ऋण सहकारी संस्था लि. कीर्तिपुर नगरपालिका ५, पृथ्वीचोकको स्क्यान तथा प्रोवेसन सम्झौता तथा स्क्यान कार्यक्रम अन्तर्गत पहिलो निरिक्षण सँगै प्रोवेसन स्थलगत सुपरिवेक्षण फागुन १४ गते सम्पन्न भएको छ । 

यस अघि जोखिममा आधारित साकोस सुपरिवेक्षण कर्वसमा अभ्यासरत यस संस्थाको स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय कानुनी जोखिमको अवस्था, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका विषयमा सुपरिवेक्षण भएको थियो । स्थलगतका क्रममा संस्थाका व्यवस्थापक रामकृष्ण विष्टले नेफ्स्कूनले संस्थाको हालका नियामकीय परिवर्तनका विषयवस्तु समेत सूचकका रुपमा समावेश गरी स्क्यान कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको वित्तीय स्वस्थता विकास गर्न, जोखिम न्यूनीकरण गर्न, नवीनतम कानुनी व्यवस्था तथा अभ्यासका विषयमा  अद्यावधिक हुनका साथै आन्तरिक सुदृढीकरण र व्यवसायिकतामा सहयोग पुगेको बताउनुभयो  ।

संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापनको सहभागितामा स्क्यान सम्झौता  सम्पन्न गरी सञ्चालन भएको स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाका सञ्चालक सदस्य विष्णु अधिकारीले यस कार्यक्रमबाट संस्थाको वित्तीय सूचक सुधार, नियामकीय व्यवस्थाको अद्यावधिक गर्न, सुशासन कायम गर्न, सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सदैव सक्रिय रहने प्रतिवद्धता जनाउनुभयो ।

स्क्यान कार्यक्रमको सम्झौतामा नेफ्स्कूनका अनुगमन सहजकर्ता  लीला अम्गाइ, शम्भू घिमिरे र संस्थाका व्यवस्थापक रामकृष्ण विष्ट तथा अन्य सदस्यहरु, व्यवस्थापन कर्मचारीहरुको रोहवर तथा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाका अध्यक्ष राजेश विष्टको हस्ताक्षरमा सम्पन्न भएको थियो । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण नेफ्स्कून कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

पाठकबाट थप