स्वज्ञान साकोसको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 स्वज्ञान साकोसको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न 

काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट स्वज्ञान बचत तथा ऋण सहकारी संस्था लि. कीर्तिपुर नगरपालिका ५, पृथ्वीचोकको स्क्यान तथा प्रोवेसन सम्झौता तथा स्क्यान कार्यक्रम अन्तर्गत पहिलो निरिक्षण सँगै प्रोवेसन स्थलगत सुपरिवेक्षण फागुन १४ गते सम्पन्न भएको छ । 

यस अघि जोखिममा आधारित साकोस सुपरिवेक्षण कर्वसमा अभ्यासरत यस संस्थाको स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय कानुनी जोखिमको अवस्था, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका विषयमा सुपरिवेक्षण भएको थियो । स्थलगतका क्रममा संस्थाका व्यवस्थापक रामकृष्ण विष्टले नेफ्स्कूनले संस्थाको हालका नियामकीय परिवर्तनका विषयवस्तु समेत सूचकका रुपमा समावेश गरी स्क्यान कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको वित्तीय स्वस्थता विकास गर्न, जोखिम न्यूनीकरण गर्न, नवीनतम कानुनी व्यवस्था तथा अभ्यासका विषयमा  अद्यावधिक हुनका साथै आन्तरिक सुदृढीकरण र व्यवसायिकतामा सहयोग पुगेको बताउनुभयो  ।

संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापनको सहभागितामा स्क्यान सम्झौता  सम्पन्न गरी सञ्चालन भएको स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाका सञ्चालक सदस्य विष्णु अधिकारीले यस कार्यक्रमबाट संस्थाको वित्तीय सूचक सुधार, नियामकीय व्यवस्थाको अद्यावधिक गर्न, सुशासन कायम गर्न, सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सदैव सक्रिय रहने प्रतिवद्धता जनाउनुभयो ।

स्क्यान कार्यक्रमको सम्झौतामा नेफ्स्कूनका अनुगमन सहजकर्ता  लीला अम्गाइ, शम्भू घिमिरे र संस्थाका व्यवस्थापक रामकृष्ण विष्ट तथा अन्य सदस्यहरु, व्यवस्थापन कर्मचारीहरुको रोहवर तथा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाका अध्यक्ष राजेश विष्टको हस्ताक्षरमा सम्पन्न भएको थियो । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण नेफ्स्कून कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप