सुर्खेत । गुर्भाकोट गा.पा. ८ मेलकुना सुर्खेत स्थित शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान कार्यक्रम अन्तर्गत फागुन १७ गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ ।
नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत पवनजंग मल्लद्धारा भएको सुपरीवेक्षणमा साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानुनी पालनाको अवस्थाबारे विश्लेषण भएको थियो । सुपरीवेक्षणका क्रममा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पक्षहरूमा केन्द्रित भई समीक्षा भएको थियो ।
साकोसका सञ्चालक समिति र व्यवस्थापन टिमबाट प्राप्त सुझावहरूलाई तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त भएको छ । सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न साकोसले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस किसिमको पहलले समग्र सहकारी अभियानमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा साकोसले गरेको छ ।
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
७४ दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि