एकै दिन ललितपुरका चार साकोस स्क्यान कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकै दिन ललितपुरका चार साकोस स्क्यान कार्यक्रममा आवद्ध

ललितपुर । नेफ्स्कूनले नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) बदलिँदो नियामकीय व्यवस्थामा स्क्यानको अवधारणा सार्वजनिक गरेको छ । यस कार्यक्रममा ललितपुरका चार साकोस चैत्र १० गते आबद्ध भएका छन् । 

हाम्रो साकोस, जागरुक महिला साकोस, नव दुर्गा साकोस र दिपावती साकोस आबद्ध भएका हुन् । 

सहकारीको परिवर्तित कानुनी वातावरणसंग अनुकुलनताका लागि संस्थागत विकास सुनिश्चित गर्न,नियमित जोखिम व्यवस्थापन गर्न, सक्षमता विकास गर्न, सेवाको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु मार्फत ब्राण्ड प्राप्त गर्न तथा स्थिरीकरण कोष मार्फत जोखिम व्यवस्थापन सुनिश्चित गर्नका लागि यस कार्यक्रमले मद्धत गर्नेछ । 

हाम्रो साकोसको कार्यालयमा सम्पन्न सम्झौतामा प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले स्क्यान कार्यक्रमलाई संस्थागत सुधारको महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दैे, “अब गुणस्तरीय र विश्वसनीय सेवा दिनका लागि स्पष्ट मार्ग पाएको कुरा व्यक्त गर्नुभयो ।” सञ्चालक समिति सदस्य प्रेमप्रसाद बजगाईंले यसले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

जागरुक महिला साकोसका सचिव रीता शाक्यले “अब तथ्यमा आधारित निर्णयतर्फ अघि बढ्नुपर्ने व्यक्त गर्नुभयो । ” कोषाध्यक्ष चिनिमैयाँ महर्जनले वित्तीय अनुशासनमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो भने प्रबन्धक रोशनी शाक्यले स्क्यानले सुधारका क्षेत्र स्पष्ट देखाउने बताउनुभयो।

नव दुर्गा साकोसमा सम्पन्न सम्झौतामा प्रबन्धक बसन्त मालीले  “स्क्यान कार्यक्रमले  संस्थालाई अझ पारदर्शी र प्रभावकारी बनाउनेछ कुरा व्यक्त गर्नुभयो।” अध्यक्ष अजय मालीले  सदस्य सेवा सुधार र सुशासन सुदृढीकरणमा कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो।

दिपावती साकोसमा सम्पन्न सम्झौतामा अध्यक्ष सानुकाजी महर्जनले “सहकारीप्रतिको विश्वास बढाउन स्क्यान महत्वपूर्ण माध्यम बन्नेछ” संस्थालाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउनका लागि स्क्यानले थप सहयोग पुर्याउने विश्वास रहेको कुरा उल्लेख गर्नुभएको छ । कोषाध्यक्ष सुरज शाक्य र प्रबन्धक मन्शोभा शाक्यले संस्थागत सुधार र कार्यकुशलता अभिवृद्धिमा कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो ।

स्क्यान कार्यक्रम सहकारी संस्थाहरूको समग्र मूल्यांकन तथा सुदृढीकरणका लागि विकसित एक प्रभावकारी प्रणाली हो । यसले सुशासन, वित्तीय व्यवस्थापन, जोखिम नियन्त्रण, आन्तरिक प्रणाली र सदस्य सेवा जस्ता पक्षहरूको विश्लेषण गर्दै सुधारका लागि स्पष्ट मार्गचित्र प्रदान गर्दछ । एकै दिन चार सहकारीको यस कार्यक्रममा आवद्धताले ललितपुरमा सहकारी सुधारको सकारात्मक सन्देश दिएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप