चितवन स्थित प्रभात दिदीबहिनी साकोसको आयोजनामा लघु व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन स्थित प्रभात दिदीबहिनी साकोसको आयोजनामा लघु व्यवसाय खेल तालिम सञ्चालन

चितवन । भरतपुर १२, चितवन स्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र German Sparkassenstiftung को  प्राविधिक सहयोगमा लघु व्यवसाय खेल तालिम चैत्र १० गते देखि सञ्चालन भएको छ । 

संस्थाका अध्यक्ष साधना श्रेष्ठ पोखरेलको अध्यक्षतामा सञ्चालित तालिममा नेफ्स्कूनका उपाध्यक्ष एवंम संस्थाका सल्लाहकार शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा खेलका माध्यम बाट व्यवसायीहरूलाई सिकाइ प्रदान गरिएको छ ।

व्यवसायको अवधारणा, व्यवसायको सुरुवात गर्न आवश्यक पुँजी र सोको व्यवस्थापन,व्यवसाय विस्तार सुधार,व्यवसायमा लक्षित ग्राहक पहिचान,उत्पादित सामग्रीको बजार प्रवर्धनका साथै व्यवसायमा आईपर्न सक्ने जोखीम व्यवस्थापनका बारेमा अभ्यासद्धारा नै व्यवसायमा नाफा नोक्सान,नगद प्रवाह वासलात निर्माण गर्ने कला समेत तालिममा सहभागीहरुलाई जानकारी गराईएको थियो । सदस्यहरूलाई प्रदान गरिएको उक्त तालिमले वास्तविक रुपमा परिवर्तन ल्याए नल्याएको मुल््याङ्कन गर्नुका साथै प्राप्त तालिमलाई स्वरोजगारमा जोड्न सदस्यहरूलाई निरन्तर सहयोग,अनुगमन तथा प्रोत्साहन गर्ने सिकाई रहेको छ ।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न खेल तथा अभ्यासमार्फत व्यवसाय सञ्चालनका महत्वपूर्ण पक्षहरू जस्तै समूह कार्य, योजना निर्माण, निर्णय क्षमता, नेतृत्व विकास तथा जोखिम व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो । सहभागीहरूको सक्रियता र सिकाइको स्तर वृद्धि गरेको देखिएको । कार्यक्रममा सहभागीहरूलाई लघु व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने सीप, रणनीति तथा समूहमा आधारित खेल मार्फत सिकाइको अनुभव प्रदान गरिएको छ ।

सहभागी सदस्यहरूले सिकाइ सहज र नयाँ विधिबाट सञ्चालन गरिएकाले तालिम प्रभावकारी भएको प्रतिकृया सहभागीहरुले प्रतिक्रिया दिएका थिए । साकोसका अध्यक्षद्धारा सदस्यहरूलाई ऋणको रूपमा पुँजी उपलब्ध गराउँदै आएकोमा अब सीप, प्रविधि र बजार व्यवस्थापन लगायतमा समेत सहयोग गर्ने गरी द्यम्क्रम्भकप  स्थापना गरिएको बताउनु भयो । 

साकोसको कार्यालयमा आयोजित कार्यक्रममा ३२ जना व्यवसायीहरूको सहभागिता रहेको थियो चैत्र १२ गतेसम्म चल्ने तिन दिवसीय  तालिमको सहजकिरण नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र कार्यक्रम अधिकृत सुमनराज घिमिरेले गरिरहनु भएको छ  । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप