नेफ्स्कून साकोसका सदस्यहरुमा कृषक व्यवसाय खेल तालिम शुभारम्भको तयारीमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून साकोसका सदस्यहरुमा कृषक व्यवसाय खेल तालिम शुभारम्भको तयारीमा

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र DSIK जर्मनीको प्राविधिक सहयोगमा नेफ्स्कूनका अधिकृत तहका कर्मचारीहरुका लागि कृषक व्यवसाय खेल (Farmers Business Game-FBG) प्रशिक्षक प्रशिक्षण तालिम चैत्र १७ गते (आज) बाट भक्तपुरमा शुरु भएको छ । 

तालिमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको छ । सात दिन सम्म सञ्चालन हुने आवाशीय तालिम डीएस्आईके जर्मनीबाट प्रमुख प्रशिक्षक डा.कार्ला, अल्बर्ट, र लाउराले सहजीकरण गर्नुहुनेछ । 

तालिममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले साकोसका कृषि पेशामा आवद्ध सदस्य किसानहरुलाई निर्वाहमुखी कृषि पेशाबाट व्यवसायिक कृषिमा रुपान्तरणका लागि अन्तरनिहित महशुस गराउने एक औजारको रुपमा यस तालिमले सहयोग पुर्र्याउने विश्वास व्यक्त गर्नुभयो ।

संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले डीएस्आईकेको समन्वयमा उच्च स्तरको तालिम तथा कार्यक्रमहरु नेफ्स्कून मार्फत तीब्र रुपमा अगाडि बढिरहेको र यसको प्रभावकारिता अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । यस तालिम लिएका कर्मचारीहरुले स्थलगत रुपमा सहजीकरण मार्फत दक्ष प्रशिक्षकको रुपमा नेफ्स्कूनका अधिकृत स्तरका कर्मचारीहरु सीपयुक्त कर्मचारी स्रोतको रुपमा विकास हुने विचार व्यक्त गर्नुभयो । यसले संघका आन्तरिक व्यवसायहरुमा सहयोग पुग्ने पनि विश्वास लिएको बताउनुभयो । 

यस तालिममा संघको कार्यक्रम तथा विकास हेर्ने बरिष्ठ अधिकृत नविन राज दाहाल लगायत संघका अधिकृत स्तरका १९ जना कर्मचारीहरुको सहभागिता रहेको छ । तालिम सञ्चालन संघका कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको छ तालिम चैत्र २३ गते समापन हुनेछ । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप