स्थिरीकरण कोषको २८औँ सञ्चालन समितिको बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको २८औँ सञ्चालन समितिको बैठक सम्पन्न

काठमाडौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको सञ्चालन समितिको २८औँ बैठक सञ्चालन समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा चैत्र २६ गते सम्पन्न भएको छ।

समस्याग्रस्त सहकारीको बचाउको लागि सापटी प्रदान गर्नु, समस्याग्रस्त भएको अवस्थामा व्यवस्थापन खर्च व्यहोर्नु, अग्रीम जोखिम सुपरिवेक्षण गरी स्तरीय सञ्चालनको प्रत्याभुती दिनु र स्तरीय सञ्चालनका मानकहरु कार्यान्वयन गर्न अभियानलाई सहजीकरण गर्नु नै स्थिरीकरण कोषको उद्धेश्य रहेको छ ।

बैठकमा प्रगति समीक्षा, कोषमा सहभागिता, वार्षिक कार्यक्रम तथा वजेट संशोधन सम्बन्धमा परामर्श बैठक, कोषको प्रतिवेदन तथा अनुगमन ढाँचाहरुको संशोधन र कार्यविधि संशोधन सम्बन्धमा छलफल भएको थियो । 

बैठक सञ्चालन कोषका सदस्य सचिव डा. शिवजी सापकोटाले गर्नुभएको थियो । प्रगतिको समिक्षा गर्दै हालसम्म कोषमा योगदान गर्ने सहकारी संघ संस्थाहरु ३३४ वटा रहेको कोष व्यवस्थापक नविन राज दाहालले बताउनु भयो । 

बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधि सदस्य प्रेमराज लुइटेल, अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य देवनारायण पौडेल, नेपाल राष्ट्र बैकका प्रतिनिधि सदस्य प्रमेश पोखरेल, सहकारी विभाग प्रतिनिधि सदस्य शशि कुमार लम्साल, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका प्रतिनिधि सदस्य मुकेश कर्ण, राष्ट्रिय सहकारी महासंघका प्रतिनिधि गोपीकृष्ण भण्डारी, राष्ट्रिय सहकारी बैकका प्रतिनिधि सदस्य बद्री कुमार गुरागाई, नारी संकल्प साकोस मोरङका प्रतिनिधि सदस्य गोमा नेपाल, विन्धवासिनी साकोस काभ्रेका प्रतिनिधि सदस्य शान्ता कुमार श्रेष्ठ, आमन्त्रित सदस्य नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी, प्रमुख कार्यकारी अधिकृत तथा कोषका सदस्य सचिव डा. शिवजी सापकोटा तथा नेफ्स्कून विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल, कोष व्यवस्थापक नविन राज दाहाल तथा कोष लेखा अधिकृत मनकेशरी महर्जन सहितको सहभागीता रहने गरेको छ   । बैठकको सम्पूर्ण व्यवस्थापन कोषका कर्मचारीले गर्नुभएको थियो । 

कोष स्थापनाका कानूनी आधारहरूः
बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापनाको कानूनी आधार सहकारी ऐन, २०७४ को दफा १०३ ले सञ्चालन गरेको छ । ऐनमा बचत तथा ऋण विषयगत संस्थाहरूलाई सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरू मिली एक स्थिरीकरण कोष सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । कोष सञ्चालन गर्न इच्छुक सहकारी संस्था, बचत तथा ऋण विषयगत केन्द्रीय सहकारी संघमा सदस्य रहेका सहकारी संस्था, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, मन्त्रालय नेपाल सरकारका अन्य निकाय र अन्तर्राष्ट्रिय सहकारी संघहरूको योगदान उक्त कोषमा रहन सक्ने व्यवस्था रहेको छ । 

बचत तथा ऋण सहकारी संस्थाहरुको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्ने उद्धेश्यले सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ को नियम ७४ अनुसार बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष सञ्चालनमा रहेको छ । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप