झापामा ऋण असुली तथा धितो लिलामी आन्तरिक कार्यविधि निर्माण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा ऋण असुली तथा धितो लिलामी आन्तरिक कार्यविधि निर्माण कार्यशाला सम्पन्न

झापा । नेफ्स्कून झापा सदस्य सेवा कार्यालयको आयोजनामा दुई दिवसीय ऋण असुली तथा धितो लिलामी आन्तरिक कार्यविधि निर्माण कार्यशाला चैत्र २६ गते सम्पन्न भएको छ । 

संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले कार्यशालाको सहजीकरण गर्दै सहकारीमा ऋण असुली तथा धितो लिलामीको प्रकृया सम्बन्धी  कार्यविधि निर्माण कार्यशाला अत्यन्त महत्वपूर्ण रहेको हुँदा तालिमबाट पर्याप्त ज्ञान लिन र व्यवहारमा कार्यान्वयनमा ल्याउन सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । भने सञ्चालन झापा सदस्य सेवा कार्यालयका इन्चार्ज पवन घिमिरेले गर्नु भएको थियो । इलाम, झापा र मोरङका साकोसहरूबाट ३६ जना साकोसकर्मीहरूको सहभागिता रहेको थियो । 

वित्तीय अनुशासन कायम राख्न तथा संस्थामा बढ्दो खराब कर्जा न्यूनीकरण गर्न ऋण असुली प्रक्रिया महत्वपूर्ण रहेको छ । यस कार्यशालाले सहभागीहरूलाई विद्यमान कानूनी व्यवस्था, प्रक्रिया र व्यवहारिक पक्षबारे स्पष्ट ज्ञान प्रदान गरी कानून सम्मत ढंगले ऋण असुली गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, अनावश्यक कानूनी विवाद घटाउन र संस्थागत जोखिम व्यवस्थापन सुदृढ गर्न कार्यशाला उपयोगी हुने विश्वास लिइएको छ ।

कार्यशालाको मुख्य उद्देश्य ऋण असुली सम्बन्धी कानूनी ज्ञान अभिवृद्धि गर्न सही प्रक्रिया अपनाएर ऋण असुली गर्ने क्षमता विकास गर्नु तथा धितो लिलामी र कानूनी कारबाहीलाई प्रभावकारी, पारदर्शी र न्यायसंगत बनाउनु रहेको छ । यस्ता कार्यशालाहरू सञ्चालन हुँदै आएका छन र आगामी दिनमा पनि निरन्तर सञ्चालन भइरहने छन ।  जसले सहकारी तथा वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

कार्यशाला फलदायी एबं कार्यबिधी निर्माणमा सहजता प्रदान गर्न सकिने भएको सहभागीहरूको राय थियो । विर्तामोड कार्यालयद्वारा व्यवस्थापन गरिएको उक्त कार्यक्रममा सहभागीहरूलाई सहजकर्ताद्वारा प्रमाणपत्र वितरण गरी कार्यशाला समापन भएको थियो  ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप