सहकारी वित्तीय अनुशासन, पारदर्शिता र दिगोपन सुदृढीकरणका लागि प्राधिकरण–नेफ्स्कूनबीच उच्चस्तरीय नीतिगत अन्तरक्रिया सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी वित्तीय अनुशासन, पारदर्शिता र दिगोपन सुदृढीकरणका लागि प्राधिकरण–नेफ्स्कूनबीच उच्चस्तरीय नीतिगत अन्तरक्रिया सम्पन्न 

काठमाडौं । सहकारी क्षेत्रको वित्तीय अनुशासन, पारदर्शिता र दीगो व्यवस्थापनलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सहकारी वित्तीय कारोबार व्यवस्थापन सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्राधिकरणद्वारा गठित अध्ययन समितिले सहकारी संघ तथा सहकारी बैंकहरूले सञ्चालन गर्दै आएका वित्तीय गतिविधिलाई नियामकीय दायराभित्र समेटी व्यवस्थित गर्ने सन्दर्भमा सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम वैशाख ११ गते नेफ्स्कूनको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सम्पन्न भएको हो।

छलफलका क्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाई, सि.ए. महेश खनाल, सुशिल कुमार दास, श्रीधर ज्ञवाली, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, निवर्तमान अध्यक्ष डा. परितोष पौड्याल,सल्लाहकार ऋषिराज घिमिरे, महासचिव घनश्याम अधिकारी प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा लगायत नेफ्स्कूनका उच्च व्यवस्थापन समितिका कर्मचारीको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा सहकारी वित्तीय संरचनाको दिगोपन, स्रोत व्यवस्थापन र संस्थागत स्वायत्तताबीचको सन्तुलनका जटिल आयामहरूमा गहन विमर्श भएको थियो। विशेषतः सदस्य बाहेकका वित्तीय स्रोतहरूको आवश्यकता, सदस्य–आधारित बचतको सीमितता, संघस्तरीय ऋण लगानीको दीर्घकालीन सम्भाव्यता, तथा अन्तर्राष्ट्रिय अभ्यास र मोडेलहरूको सान्दर्भिकता जस्ता विषयहरूमा विचारमन्थन गरिएको थियो।

त्यसैगरी, वित्तीय कारोबार सञ्चालन र सुशासनबीच उत्पन्न हुन सक्ने स्वार्थ–द्वन्द्व, प्रभावकारी सुपरिवेक्षण संयन्त्रको आवश्यकता, विद्यमान कानुनी आधारहरूको पर्याप्तता, तथा प्रस्तावित वैकल्पिक संरचनागत मोडेलहरूको व्यवहारिकता जस्ता पक्षहरूलाई समेत प्राथमिकताका साथ उठाइएको थियो।

कार्यक्रमले सहकारी क्षेत्रभित्र वित्तीय कारोबारलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने दिशामा नीति–निर्माण तहलाई मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको सहभागीहरूले व्यक्त गरेका छन्। साथै, नियामकीय ढाँचाको पुनर्संरचना मार्फत सहकारी क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्दै वित्तीय स्थायित्व सुनिश्चित गर्न यस्ता अन्तरक्रियाले महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप