रूपन्देहीको जनउत्थान साकोसको अवलोकन भ्रमणमा एसियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृतद्वारा कार्यशैलीको उच्च प्रशंसा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रूपन्देहीको जनउत्थान साकोसको अवलोकन भ्रमणमा एसियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृतद्वारा कार्यशैलीको उच्च प्रशंसा

रूपन्देही । एसियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्चीले रूपन्देहीको कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा संस्थाका सहायक व्यवस्थापक सुरज जैसीले संस्थाको समग्र वित्तीय अवस्था, सामाजिक प्रभाव तथा आगामी योजनाबारे विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले संस्थाको सदस्य संरचना, ऋण उपयोगको अवस्था तथा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरूबारे जानकारी गराउनुभयो ।

जैसीका अनुसार संस्थामा हाल ४२ हजार ९ सय १९ सदस्य रहेका छन्, जसमा करिब ६० प्रतिशत महिला सदस्य छन् । त्यस्तै, कुल ऋणीमध्ये ७९ प्रतिशतले लघु कर्जा उपयोग गरिरहेको तथा संस्थाले जेष्ठ नागरिक स्याहार केन्द्रजस्ता कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभएको थियो ।

संस्थाले अपनाएको सेवामुखी कार्यशैली, सदस्यकेन्द्रित व्यवस्थापन तथा समुदायको जीवनस्तर सुधारमा देखाएको प्रभावबाट प्रमुख प्राविधिक अधिकृत हेटियाराच्ची प्रभावित हुनुभएको थियो । 

सो अवसरमा बोल्दै हेटियाराच्चीले जनउत्थान साकोसको कार्यशैलीलाई “उच्च मार्ग नेतृत्व” को संज्ञा दिनुभयो । नाफाभन्दा माथि उठेर सदस्यको हित, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने नेतृत्व नै दीगो र सफल हुने उहाँको भनाइ थियो ।

उहाँले संस्थाको नेतृत्वलाई यहि मार्गमा निरन्तर अघि बढ्न सुझाव दिँदै प्रविधि र मानवीय सेवाको संयोजन मार्फत हासिल गरिएको ९८.८ प्रतिशत सदस्य सन्तुष्टि विश्व सहकारी अभियानका लागि अनुकरणीय उदाहरण भएको उल्लेख गर्नुभयो ।

भर्खरै
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

१४ मिनेट अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

१ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

२ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

लोकप्रिय
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

२ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

१४ मिनेट अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

४ घण्टा अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप