साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला पोखरामा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला पोखरामा 

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला जेठ २६ गते पोखरामा सम्पन्न भएको छ ।

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यशालामा सहकारी क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । राष्ट्रिय सहकारी बैक लिमिटेडका सञ्चालक एवं नेफ्स्कूनका निवर्तमान सञ्चालक कमलादेवी गिरी, बाग्लुङ बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल,तनहुँ जिल्ला सहकारी संघ लि. का प्रदिपराज अधिकारी, कास्की बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष शेरबहादुर कार्की र नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य टिकाराम आचार्य ,  भिमप्रसाद गौतम नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा आतिथ्यता रहेको थियो । 

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले सहकारी क्षेत्रले पछिल्लो समय विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्न संस्थागत सुशासन, पारदर्शिता र प्रभावकारी जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सदस्य संस्थाहरूको क्षमता विकास, प्रविधिमैत्री सेवा विस्तार तथा वित्तीय अनुशासनलाई सुदृढ बनाउन नेफ्स्कून निरन्तर सक्रिय रहेको जानकारी दिनुभयो । सहकारीप्रति सदस्य र समुदायको विश्वास कायम राख्न जिम्मेवार तथा सदस्यकेन्द्रित कार्यशैली आवश्यक रहेको बताउनुभयो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सदस्य सम्बन्ध विषयमा प्रस्तुति दिँदै सहकारी संस्थाको सफलता सदस्यको सन्तुष्टि र सहभागितासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो । उहाँले सदस्यलाई केवल बचतकर्ता वा ऋणीका रूपमा नभई संस्थाको वास्तविक मालिकका रूपमा व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो । सदस्यको आर्थिक, सामाजिक तथा उद्यमशील क्षमता विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्न सके सहकारी संस्थाले समुदायमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । सदस्यको आवश्यकता, अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नियोसिस टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत मनोज तिवारीले साइबर सुरक्षासम्बन्धी प्रस्तुति दिँदै डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर जोखिम पनि तीव्र रूपमा बढिरहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरूले सूचना प्रविधिको प्रयोगलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने उल्लेख गर्नुभयो । डेटा सुरक्षा, पासवर्ड व्यवस्थापन, साइबर आक्रमणको पहिचान तथा कर्मचारीको साइबर सचेतना अभिवृद्धि आजको आवश्यकता रहेको र प्रविधिको सुरक्षित प्रयोगमार्फत सदस्यको गोपनीयता संरक्षण गर्नुका साथै संस्थाको विश्वसनीयता थप मजबुत बनाउन सकिने बताउनुभयो । 

अधिवक्ता प्रदिप अधिकारी ले वर्तमान कानुनी व्यवस्थाअनुसार ऋण असुली प्रक्रियाबारे विस्तृत प्रस्तुति दिँदै सहकारी संस्थाको दिगोपना र वित्तीय स्थायित्वका लागि प्रभावकारी ऋण व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो ।  ऋण लगानी गर्दा अपनाउनुपर्ने सावधानी, कर्जा सुरक्षणका उपाय तथा असुली प्रक्रियामा ध्यान दिनुपर्ने कानुनी पक्षबारे जानकारी गराउँदै ऋण प्रवाहसँगै नियमित अनुगमन र मूल्यांकन आवश्यक रहेको उल्लेख गर्नुभएको थियो । ऋणी सदस्यसँग निरन्तर संवाद, समयमै समस्या पहिचान तथा कानुनले तोकेका प्रक्रिया अवलम्बन गरेर अघि बढ्दा असुली प्रक्रिया थप प्रभावकारी बन्ने बताउनुभयो । कानुनी व्यवस्था र संस्थागत नीतिको पालना गर्दै गरिएको ऋण असुलीले संस्थाको वित्तीय जोखिम न्यूनीकरण गर्नुका साथै सदस्य र संस्थाबीचको विश्वास समेत कायम राख्न सहयोग पुग्ने उहाँको भनाइ थियो । सहकारी संस्थाहरूले ऋण असुलीलाई केवल कानुनी प्रक्रियाको विषयका रूपमा नभई सदस्यसँगको सम्बन्ध व्यवस्थापनसँग पनि जोडेर हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो । समस्याग्रस्त कर्जा बढ्न नदिन प्रारम्भिक चरणदेखि नै आवश्यक निगरानी, अभिलेख व्यवस्थापन र कानुनी परामर्शलाई प्राथमिकता दिन सके संस्थागत सुशासन तथा वित्तीय अनुशासन सुदृढ हुने साथै, पछिल्लो समय देखिएका विभिन्न वित्तीय चुनौतीहरूलाई मध्यनजर गर्दै जोखिम व्यवस्थापनका प्रभावकारी अभ्यासलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो । 

कार्यशालामा सहभागीहरुले सहकारी क्षेत्रको सुदृढीकरण, सुशासन, जोखिम व्यवस्थापन तथा सदस्य सेवाको गुणस्तर अभिवृद्धिमा यस्ता कार्यशालाले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो भने व्यवस्थापन नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयका ईन्चार्ज सुरज चालिसे तथा कार्यालयको व्यवस्थापन टोलीले गरेको थियो । कार्यशालामा ३२ वटा संस्थाका ६४ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप