हाम्रो जनकल्याण साकोसमा साकोस नेतृत्व तथा कार्यकुशलता अभिवृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसमा साकोस नेतृत्व तथा कार्यकुशलता अभिवृद्धि तालिम सञ्चालन

दोलखा । विश्व वातावरण दिवसको अवसरमा भीमेश्वर नगरपालिका–३, चरिकोट, दोलखा स्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भावी सञ्चालक तथा अगुवा सदस्यहरूको नेतृत्व विकासमा सहयोग पु¥याउने उद्देश्यले दुईदिने ‘साकोस नेतृत्व तथा कार्यकुशलता अभिवृद्धि तालिम’ सम्पन्न गरेको छ ।

सहकारीका सिद्धान्त, मूल्य–मान्यता, सहकारी ऐन, नियमावली तथा मापदण्डको कार्यान्वयनबारे साझा बुझाइ विकास गर्ने उद्देश्यले आयोजित तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष राजन श्रेष्ठले सहकारीले सञ्चालक समिति तथा उपसमितिमा रहन इच्छुक सदस्यहरूका लागि वार्षिक योजनाअनुसार समय–समयमा भावी नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । सहकारीको नेतृत्वमा आउन चाहने सदस्यहरूमा सहकारीका सिद्धान्त, ऐन तथा नियमसम्बन्धी पर्याप्त जानकारी नहुँदा निर्णय प्रक्रियामा समस्या आउने र सदस्यहरूको बचत समेत जोखिममा पर्न सक्ने भएकाले तालिम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

तालिममा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका लागि जारी मापदण्ड, तीन तहका नियामक निकायले जारी गरेका ऐन, नियम तथा मापदण्डका व्यवस्था, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको काम, कर्तव्य र अधिकार, नियम उल्लंघन गर्दा हुने कसुर तथा सजाय, साथै संशोधित ऐन र मापदण्डले सहकारी क्षेत्रमा सिर्जना गरेका अवसरका विषयमा प्रस्तुति तथा छलफल भएको थियो ।

साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतका अनुसार तालिममा सहभागी हुन इच्छुक सदस्यहरूबाट खुला रूपमा नाम दर्ता आह्वान गरिएको थियो । पहिलो पटक नाम दर्ता गराउने सदस्यहरूमध्ये १२ जना महिलासहित ३७ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।

हाम्रो जनकल्याण साकोसले सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचनमा सम्भावित उम्मेदवारलाई लक्षित गर्दै ‘साकोस नेतृत्व तथा कार्यकुशलता अभिवृद्धि तालिम’लाई वार्षिक योजनामा समावेश गरी नेफ्स्कूनसँगको प्राविधिक साझेदारीमा नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप