बेसीशहरमा सहकारीको डिजिटल रूपान्तरण सम्बन्धी कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बेसीशहरमा सहकारीको डिजिटल रूपान्तरण सम्बन्धी कार्यक्रम सम्पन्न

लमजुङ । लमजुङ जिल्लाको बेसीशहर नगरपालिकामा सहकारी क्षेत्रको दिगो विकास तथा आधुनिकीकरणलाई लक्ष्य गर्दै डिजिटल रूपान्तरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम जेठ २७ गते सम्पन्न भएको छ । 

बेसीशहर नगरपालिकाको समन्वय, नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय र नियोसिस टेक्नोलोजीको संयुक्त आयोजनामा कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । 

कार्यक्रममा लमजुङ जिल्लाभरिका ४० वटा सहकारी संस्थाबाट ५५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सहकारी संस्थामा डिजिटल प्रणालीको प्रयोग, सेवा प्रवाहमा सुधार तथा वित्तीय व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विषयमा विस्तृत छलफल गरेका थिए । 

कार्यक्रमको सञ्चालन नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय प्रमुख सन्देश घिमिरेले गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रलाई समयसापेक्ष डिजिटल प्रविधिसँग जोडेर अझ पारदर्शी, सुरक्षित, दिगो र प्रभावकारी बनाउनु आजको मुख्य आवश्यकता रहेको औंल्याउनुभयो । 

त्यस्तै, बेसीशहर नगरपालिका सहकारी शाखा प्रमुख रेशम घिमिरेले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सहकारी संस्थाहरूलाई आधुनिक प्रविधिसँग जोड्दा सेवा प्रवाहमा गुणात्मक सुधार आउने र पछिल्लो समय बजारमा देखिएको चुनौतीका बीच सदस्यहरूको विश्वास अझ मजबुत हुने धारणा व्यक्त गर्नुभयो । साथै आजको अवस्थामा पारदर्शिता एवं नियामक निकायसंगको रिपोर्टिंगका निम्ति प्रविधि आधारभुत आवश्यकता रहेको जानकारी गराउनु भयो । कार्यक्रमको सहजीकरण नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज तिवारीले गर्नुभएको थियो । सहकारी क्षेत्रका लागि विशेष रूपमा डिजाइन गरिएको Software as Service (SaaS)  क्लाउड–आधारित “मिरा इआरपी” (Myra ERP) सफ्टवेयरको प्राविधिक क्षमता र यसका बहुआयामिक विशेषताहरूबारे विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो। यस प्रणालीले सहकारीहरूलाई पूर्ण रूपमा कागजविहीन र आधुनिक बनाउने जानकारी दिँदै उहाँले यसमा एकीकृत कोर बैंकिङ, Loan Process & Document Management System,  रियल–टाइम  ABBS  कारोबार र Reporting  , स्वचालित लाभांश बाँडफाँड, र ‘मिरा एप’ मार्फत डिजिटल सुविधाहरू रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय ISO 27001:2022 प्रमाणित थ्री–लेयर सुरक्षा, स्वचालित Backup & Replication र नियामक मापदण्डका प्रतिवेदनहरू एकै क्लिकमा निकाल्न सकिने यस प्रणालीमा बस्तु तथा सेवाको कारोबार गर्ने सहकारीका निम्ति  Inventory Management System, दैनिक कलेक्सनका निम्ति MR Collector App  र बिदाको दिनमा समेत  Cooperative Care Center मार्फत प्राविधिक सहयोग उपलब्ध हुनेछ। प्रणालीको जोखिम न्यूनीकरण गर्न अनिवार्य दुई प्रयोगकर्ता  (User) रहने गरी ’पे एज यु ग्रो’ (Pay As You Grow ) मोडल अन्तर्गत प्रति प्रयोगकर्ता जम्मा ८ हजार रुपैयाँमा उपलब्ध हुने भएकाले यो सबै साना–ठूला सहकारीका लागि निकै किफायती रहेको र महिला सहकारीहरूका लागि थप ३५ प्रतिशत छुटको आकर्षक व्यवस्था समेत गरिएको सीईओ तिवारीले जानकारी गराउनुभयो । 

डिजिटल रूपान्तरण मार्फत लमजुङको सहकारी क्षेत्रलाई अझ सक्षम, उत्तरदायी र प्रतिस्पर्धी बनाउने प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको थियो।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप