बेसीशहरमा सहकारीको डिजिटल रूपान्तरण सम्बन्धी कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बेसीशहरमा सहकारीको डिजिटल रूपान्तरण सम्बन्धी कार्यक्रम सम्पन्न

लमजुङ । लमजुङ जिल्लाको बेसीशहर नगरपालिकामा सहकारी क्षेत्रको दिगो विकास तथा आधुनिकीकरणलाई लक्ष्य गर्दै डिजिटल रूपान्तरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम जेठ २७ गते सम्पन्न भएको छ । 

बेसीशहर नगरपालिकाको समन्वय, नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय र नियोसिस टेक्नोलोजीको संयुक्त आयोजनामा कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । 

कार्यक्रममा लमजुङ जिल्लाभरिका ४० वटा सहकारी संस्थाबाट ५५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सहकारी संस्थामा डिजिटल प्रणालीको प्रयोग, सेवा प्रवाहमा सुधार तथा वित्तीय व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विषयमा विस्तृत छलफल गरेका थिए । 

कार्यक्रमको सञ्चालन नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय प्रमुख सन्देश घिमिरेले गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रलाई समयसापेक्ष डिजिटल प्रविधिसँग जोडेर अझ पारदर्शी, सुरक्षित, दिगो र प्रभावकारी बनाउनु आजको मुख्य आवश्यकता रहेको औंल्याउनुभयो । 

त्यस्तै, बेसीशहर नगरपालिका सहकारी शाखा प्रमुख रेशम घिमिरेले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सहकारी संस्थाहरूलाई आधुनिक प्रविधिसँग जोड्दा सेवा प्रवाहमा गुणात्मक सुधार आउने र पछिल्लो समय बजारमा देखिएको चुनौतीका बीच सदस्यहरूको विश्वास अझ मजबुत हुने धारणा व्यक्त गर्नुभयो । साथै आजको अवस्थामा पारदर्शिता एवं नियामक निकायसंगको रिपोर्टिंगका निम्ति प्रविधि आधारभुत आवश्यकता रहेको जानकारी गराउनु भयो । कार्यक्रमको सहजीकरण नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज तिवारीले गर्नुभएको थियो । सहकारी क्षेत्रका लागि विशेष रूपमा डिजाइन गरिएको Software as Service (SaaS)  क्लाउड–आधारित “मिरा इआरपी” (Myra ERP) सफ्टवेयरको प्राविधिक क्षमता र यसका बहुआयामिक विशेषताहरूबारे विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो। यस प्रणालीले सहकारीहरूलाई पूर्ण रूपमा कागजविहीन र आधुनिक बनाउने जानकारी दिँदै उहाँले यसमा एकीकृत कोर बैंकिङ, Loan Process & Document Management System,  रियल–टाइम  ABBS  कारोबार र Reporting  , स्वचालित लाभांश बाँडफाँड, र ‘मिरा एप’ मार्फत डिजिटल सुविधाहरू रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय ISO 27001:2022 प्रमाणित थ्री–लेयर सुरक्षा, स्वचालित Backup & Replication र नियामक मापदण्डका प्रतिवेदनहरू एकै क्लिकमा निकाल्न सकिने यस प्रणालीमा बस्तु तथा सेवाको कारोबार गर्ने सहकारीका निम्ति  Inventory Management System, दैनिक कलेक्सनका निम्ति MR Collector App  र बिदाको दिनमा समेत  Cooperative Care Center मार्फत प्राविधिक सहयोग उपलब्ध हुनेछ। प्रणालीको जोखिम न्यूनीकरण गर्न अनिवार्य दुई प्रयोगकर्ता  (User) रहने गरी ’पे एज यु ग्रो’ (Pay As You Grow ) मोडल अन्तर्गत प्रति प्रयोगकर्ता जम्मा ८ हजार रुपैयाँमा उपलब्ध हुने भएकाले यो सबै साना–ठूला सहकारीका लागि निकै किफायती रहेको र महिला सहकारीहरूका लागि थप ३५ प्रतिशत छुटको आकर्षक व्यवस्था समेत गरिएको सीईओ तिवारीले जानकारी गराउनुभयो । 

डिजिटल रूपान्तरण मार्फत लमजुङको सहकारी क्षेत्रलाई अझ सक्षम, उत्तरदायी र प्रतिस्पर्धी बनाउने प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको थियो।


 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप