सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रर्बद्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको स्थलगत सुपरिवेक्षण कार्यक्रम (स्क्यान) अन्तर्गत दाङ स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा असार ४ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।

सुपरिवेक्षणको मुख्य उद्देश्य सहकारी संस्थाहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड तथा कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्नु तथा बचतकर्ताको विश्वास अभिवृद्धि गर्नु रहेको छ ।

साकोसमा क्रममा संस्थाको पुँजी पर्याप्तता अनुपात, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, व्यवस्थापन सूचना प्रणाली (MIS) को अद्यावधिक अवस्था, सम्पत्ति शुद्धीकरण निवारण नीति (AML/CFT) तथा भाखा नाघेका ऋण असुलीको अवस्थाबारे विस्तृत मूल्यांकन गरिएको थियो ।

त्यसैगरी बचत तथा ऋण कारोबार, लेखापरीक्षण, लगानी नीति, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रिया लगायतका विषयहरूको समेत समग्र समीक्षा गरिएको थियो । स्क्यान (SCAN)  का सूचकहरूमा आधारित मूल्यांकन मार्फत संस्थाको वर्तमान अवस्था विश्लेषण गरी वित्तीय जोखिम व्यवस्थापन तथा आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको नेफ्स्कूनले जनाएको छ ।

सुपरिवेक्षण कार्यक्रममा संस्थाका अध्यक्ष वलराम कुर्मी, व्यवस्थापक शिशिर चौधरी लगायत सञ्चालक समिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारी द्वारा सम्पन्न सुपरिवेक्षणबाट प्राप्त सुझाव तथा टिप्पणीहरूलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन् ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप