सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) केन्द्रीय कार्यालयको आयोजनामा सहकारी क्षेत्रमा कर व्यवस्थापन व्यवहारिक दुईदिने तालिम असार ५ गते संघको सभाहलमा सम्पन्न भएको छ ।

असार ४ र ५ गते सञ्चालित तालिममा सहकारी क्षेत्रमा कर सम्बन्धी ज्ञान र व्यवहारिक सिप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा सहकारी ऐन २०७४ अनुसार करका प्रावधान, अग्रिम कर कट्टीको प्रक्रिया, आय विवरण बुझाउने तरिका, आयकर ऐन २०५८ का व्यवस्था, सहकारी संस्थाले पाउने सहुलियत, शुल्क तथा जरिवाना, तथा आर्थिक ऐनका विविध प्रावधानबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

तालिममा प्रशिक्षक राजकुमार फुयाँलले सहकारी संस्थामा देखिने व्यवहारिक करसम्बन्धी चुनौतीहरूलाई सरल र स्पष्ट ढंगले प्रस्तुत गर्दै समाधानका उपायबारे प्रशिक्षण दिनुभएको थियो । सहभागी व्यवस्थापक तथा लेखा हेर्ने कर्मचारीहरूले तालिम अत्यन्तै उपयोगी, समयसापेक्ष र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् ।

तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिना र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून तथा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३३ जना सहकारीकर्मीहरूको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिकी संयोजक एवं उपाध्यक्ष शान्ति अधिकारीले सहकारी संस्थाको दिगो विकासका लागि निरन्तर सिकाइ र क्षमता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै प्राप्त ज्ञानलाई संस्थागत सुधार तथा सदस्य सेवामा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले संघले आधुनिक तालिम हलमार्फत सहकारीकर्मीहरूको क्षमता विकासलाई थप प्रभावकारी बनाउँदै लगिएको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार व्यवहारिक तथा विषयगत तालिम सञ्चालन गरिने जानकारी दिनु भएको थियो ।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले आगामी दिनमा ऋण असुली, जोखिम व्यवस्थापन, संस्थागत निरीक्षण तथा अन्य व्यवहारिक विषयमा समेत यस्ता तालिम विस्तार गर्न नेफ्स्कूनसँग आग्रह गरेका थिए ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप