सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) केन्द्रीय कार्यालयको आयोजनामा सहकारी क्षेत्रमा कर व्यवस्थापन व्यवहारिक दुईदिने तालिम असार ५ गते संघको सभाहलमा सम्पन्न भएको छ ।

असार ४ र ५ गते सञ्चालित तालिममा सहकारी क्षेत्रमा कर सम्बन्धी ज्ञान र व्यवहारिक सिप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा सहकारी ऐन २०७४ अनुसार करका प्रावधान, अग्रिम कर कट्टीको प्रक्रिया, आय विवरण बुझाउने तरिका, आयकर ऐन २०५८ का व्यवस्था, सहकारी संस्थाले पाउने सहुलियत, शुल्क तथा जरिवाना, तथा आर्थिक ऐनका विविध प्रावधानबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

तालिममा प्रशिक्षक राजकुमार फुयाँलले सहकारी संस्थामा देखिने व्यवहारिक करसम्बन्धी चुनौतीहरूलाई सरल र स्पष्ट ढंगले प्रस्तुत गर्दै समाधानका उपायबारे प्रशिक्षण दिनुभएको थियो । सहभागी व्यवस्थापक तथा लेखा हेर्ने कर्मचारीहरूले तालिम अत्यन्तै उपयोगी, समयसापेक्ष र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् ।

तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिना र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून तथा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३३ जना सहकारीकर्मीहरूको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिकी संयोजक एवं उपाध्यक्ष शान्ति अधिकारीले सहकारी संस्थाको दिगो विकासका लागि निरन्तर सिकाइ र क्षमता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै प्राप्त ज्ञानलाई संस्थागत सुधार तथा सदस्य सेवामा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले संघले आधुनिक तालिम हलमार्फत सहकारीकर्मीहरूको क्षमता विकासलाई थप प्रभावकारी बनाउँदै लगिएको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार व्यवहारिक तथा विषयगत तालिम सञ्चालन गरिने जानकारी दिनु भएको थियो ।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले आगामी दिनमा ऋण असुली, जोखिम व्यवस्थापन, संस्थागत निरीक्षण तथा अन्य व्यवहारिक विषयमा समेत यस्ता तालिम विस्तार गर्न नेफ्स्कूनसँग आग्रह गरेका थिए ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप