प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा स्क्यान कार्यक्रम अन्र्तगत प्रोवेसनका सुचकहरुमा केन्द्रीत भई असार ५ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघसंस्थाहरुको लागि स्क्यान कार्यक्रम सञ्चालनमा ल्याई स्थलगत सुपरीवेक्षण कार्यलाई निरन्तररूपमा अघि बढाइरहेको छ ।

स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू : आन्तरिक कार्यविधि अध्यावधिक, सदस्यमैत्री उत्पादनका सेवाहरु, आवधिक योजना, सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी प्रर्याप्तता अनुपात, सुचना प्रविधि व्यवस्थापन, वित्तीय श्रोत प्राप्ती र परिचालन, सेवा कार्यालय सञ्चालन व्यवस्थापन लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो । साकोसको कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, सञ्चालन तथा सुशासन सम्बन्धी जोखिम, प्रविधि जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो  ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकालद्धारा भएको स्थलगत सुपरिवेक्षणमा समिति र व्यवस्थापनको सहभागीतामा सुधारात्मक विषयहरु सहितको प्रतिवेदन पेश भएको थियो भने छलफल बैठकमा समिति र व्यवस्थापनद्धारा सुधार योजना तय गरी यथासम्भव सुझाव कार्यान्वयन गर्ने संस्थाका अध्यक्ष मिना कुमारी ढकालको प्रतिवद्धता सहित सुपरिवेक्षण सम्पन्न भएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप