समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र नेफ्स्कून बीच छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र नेफ्स्कून बीच छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीहरूबीच नेफ्स्कूनमा आबद्ध रहि समस्याग्रस्त घोषित  बचत तथा ऋण सहकारी संस्थाहरूको दायित्व फरफारक सम्बन्धी विषयमा यहि असार १० गते समितिको कार्यालय, बुद्धनगर काठमाडौंमा छलफल भएको छ ।

छलफलका क्रममा समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन, दायित्व फरफारक तथा सहकारी क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरू र संघबीच आगामी दिनमा गरिने सहकार्यका विषयमा समेत विचार–विमर्श गरिएको थियो । साथै, सहकारी क्षेत्रको विकास र व्यवस्थापनका लागि आपसी समन्वय तथा सैद्धान्तिक सहमति कायम गर्दै अगाडि बढ्नुपर्ने विषयमा पनि गहन छलफल भएको थियो ।

उक्त कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष डिल्लिराज आचार्य, सदस्यहरू छत्रप्रसाद रिमाल र रोशन बहादुर शाक्य, सदस्य–सचिव रविन ढकाल तथा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिना, वरिष्ठ अधिकृत दिनेश गौतम र  व्यवसाय अधिकृत अस्मिता अधिकारीको उपस्थिति रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप