सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

नवलपुर । नेफ्स्कूनद्धारा सञ्चालति नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत नवलपुरको गैंडाकोट स्थित गण्डकी बचत तथा ऋण सहकारी संस्था लि. मा आषाढ ११ गते ’एक्सेस स्थलगत सुपरिवेक्षण’  सम्पन्न भएको छ । 

स्थलगत अनुगमनमा संस्थाको सुशासन र गुणात्मक विकासका लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको बैठक प्रभावकारिता, व्यक्तिगत फाइल अद्यावधिक, कोपोमिस प्रविष्टि, र रणनीतिक व्यावसायिक योजना समीक्षा जस्ता विषयमा छलफल भएको थियो । 

नियामकीय अनुकूलन अनुसार नीति, विनियम, सुशासन नीति परिमार्जन, निर्वाचन नीति, पदाधिकारी कार्यकाल, सम्पत्ति विवरण पेश गर्ने व्यवस्था, भाखा नाघेको ऋण र जोखिम व्यवस्थापनका क्षेत्रहरू समेटिएका थिए । यसैगरी, आन्तरिक नियन्त्रणतर्फ सदस्यता प्रदान तथा अन्त्य गर्दा ’मेकर र चेकर’ प्रणाली, मोबाइल बैंकिङ सुरक्षा,  Digital Hygiene, ऋण व्यवस्थापन, युजर रोल सेटअप फ्रेमवर्क, नेतृत्वमा लैंगिक समता, र कर्मचारी प्रशासनिक ढाँचाबारे गहन समीक्षा भएको थियो । 

कर्मचारी क्षमता विकास बजेट, कार्यसम्पादन मूल्याङ्कन विधि, सदस्य सन्तुष्टि परीक्षण, दैनिक ’स्ट्यान्डिङ मिटिङ’, मासिक बैठक, ’कर्मचारी सक्षमता प्रोफाइल’ निर्माण, र वृत्ति विकासको मापदण्ड तोक्ने विषयमा समेत छलफल भएको छ ।  

कर्मचारी उत्पादकत्व, सक्रिय सदस्य संख्या विश्लेषण, गल्ती व्यवस्थापन नीति पुनरावलोकन, कथकतझ उचष्लतभम मभउयकष्त खयगअजभच, पासबुक प्रमाणीकरण, तथा वेबसाइटको स्तरोन्नती  जस्ता प्राविधिक र व्यावसायिक प्रक्रियाका शीर्षकहरूलाई समेट्दै संस्थालाई थप मजबुत बनाउने साझा निष्कर्षका साथ सुपरिवेक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका सचिव केशवराज शर्मा, लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णु प्रसाद शर्मा, एक्सेस कार्यदल सदस्य तारानाथ लामिछाने, प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदी, ऋण अधिकृत अन्जनराज पन्त एवम विपिन श्रेष्ठले अनुगमन पश्चातको प्रतिवेदन छलफलमा सहभागी भइ आफ्ना विचार र आगामी कार्यदिशाका बारेमा प्रस्तुत गर्नुभएको थियो । उक्त समिक्षाको सहजीकरण संघका वरिष्ट अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप