गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मी । गुल्मी स्थित लेकाली स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण असार ११ गते सम्पन्न भएको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षण्को उद्देश्य रहेको छ । 

स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू ः आन्तरिक कार्यविधि अध्यावधिक, सदस्यमैत्री उत्पादनका सेवाहरु, आवधिक योजना, सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी प्रर्याप्तता अनुपात, सुचना प्रविधि व्यवस्थापन, वित्तीय श्रोत प्राप्ती र परिचालन, सेवा कार्यालय सञ्चालन व्यवस्थापन लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो । साकोसको कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, सञ्चालन तथा सुशासन सम्बन्धी जोखिम, प्रविधि जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो  ।

नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीद्धारा भएको सुपरिवेक्षणमा साकोसका अध्यक्ष व्यवस्थापक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै
लोकप्रिय
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१३ मिनेट अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप