नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

दोलखा । जिरी नगरपालिका–६ स्थित श्री आकाशद्विप बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत असार ११ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्यहित सुनिश्चित गर्ने उद्देश्यले नेफ्स्कूनले सहकारी संस्थाहरूमा नियमित रूपमा स्थलगत सुपरिवेक्षण सञ्चालन गर्दै आएको छ । सुपरिवेक्षणका क्रममा संस्थाको बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्था, सदस्यहरूले प्राप्त गर्ने सेवा–सुविधा, भाखा नाघेका ऋणको कानुनी प्रक्रियामा लैजाने विषय, संस्थाभित्र हुन सक्ने सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका पक्षहरूको विस्तृत मूल्यांकन गरिएको थियो ।

त्यसैगरी, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व, सदस्य सहभागिता तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको प्रभावकारी प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु पनि सुपरिवेक्षणको प्रमुख उद्देश्य रहेको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदीको नेतृत्वमा सम्पन्न सुपरिवेक्षणमा संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । सुपरिवेक्षणका क्रममा संस्थाको विनियम, नीति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नीति, नियामक निकायबाट जारी निर्देशनहरूको पालना, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपातको विश्लेषण, समग्र वित्तीय अवस्था तथा संस्थाले प्रदान गर्दै आएको सेवा–सुविधाका विषयमा विस्तृत छलफल भएको थियो । 

सुपरिवेक्षणपछि संस्थाले सुपरिवेक्षकबाट प्राप्त सुझावहरू आगामी सञ्चालक समितिको बैठकमा विस्तृत रूपमा छलफल गरी क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

भर्खरै
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

१४ घण्टा अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

१ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

६ दिन अगाडि

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

१ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२० दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

१३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१२ दिन अगाडि

पाठकबाट थप