सदस्यहित र सुशासनको मूल्याङ्कन गर्न नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहित र सुशासनको मूल्याङ्कन गर्न नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

चितवन । हेटौडा उपमहानगरपालिका १७ मकवानपुर स्थित शुभकामना महिला जागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत असार १५ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्यहित सुनिश्चित गर्ने उद्देश्यले नेफ्स्कूनले सहकारी संस्थाहरूमा नियमित रूपमा स्थलगत सुपरिवेक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्था, सदस्यहरूले प्राप्त गर्ने सेवा–सुविधा, लाभांश वितरण, समावेशी सहभागिता, संस्थाभित्र हुन सक्ने सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका पक्षहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व, सदस्य सहभागिता तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराज तिमल्सिनाद्वारा सम्पन्न सुपरिवेक्षणमा संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सुपरिवेक्षणका क्रममा संस्थाको समग्र वित्तीय अवस्था, आन्तरिक सुशासन तथा सदस्यलाई प्रदान गरिएका सेवा–सुविधाका विषयमा छलफल गर्दै आवश्यक सुधारका लागि सुझावसमेत प्रदान गरिएको थियो।

भर्खरै
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

१७ घण्टा अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

१९ घण्टा अगाडि

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न
नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

२१ घण्टा अगाडि

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण
नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

२ दिन अगाडि

नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन
नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन

४ दिन अगाडि

नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान
नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान

७ दिन अगाडि

नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा
नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा

७ दिन अगाडि

सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

१५ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप