निजगढमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निजगढमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

निजगढ, बारा । बारा जिल्लाको निजगढमा रहेका तीन सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने “सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम” असार  १४ गते सम्पन्न भएको छ ।

तालिम निजगढ महिला बचत तथा ऋण सहकारी संस्था लि., समुृन्नत महिला बहुउद्देश्यीय सहकारी संस्था लि. र स्वतन्त्र कृषि सहकारी संस्था लि. को संयुक्त आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सम्पन्न भएको हो । 

कार्यक्रमको अध्यक्षता निजगढ महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शोभा राउत ले गर्नुभएको थियो भने प्रमुख अतिथि निजगढ नगरपालिका पुर्व उप प्रमुख लिला देवी लामिछाने खनाल तथा समापन कार्यक्रममा सुरथ पुरी रहनुभएको थियो । प्रमुख अतिथि पुरीले सहकारी संस्थाहरूलाई सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सञ्चालन गर्न दक्ष र सक्षम सञ्चालक समितिको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सहकारी अभियानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश बरालले गर्नुभएको थियो । तालिममा सहकारी संस्थाको सुशासन, सञ्चालक समितिको भूमिका र जिम्मेवारी, नेतृत्व विकास, सहकारी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय अनुशासन, रणनीतिक योजना निर्माण तथा संस्थागत दिगोपन लगायतका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । साथै सहभागीहरूबीच व्यवहारिक अनुभव आदान–प्रदान तथा समसामयिक चुनौतीहरूबारे अन्तरक्रियात्मक छलफलसमेत भएको थियो ।

तालिममा आयोजक तीनवटै सहकारी संस्थाका कुल ४५ जना सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई संस्थागत सुशासन, प्रभावकारी निर्णय प्रक्रिया तथा सदस्यमैत्री सेवा प्रवाहमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनमा आयोजक संस्थाहरूले सहकारी क्षेत्रको क्षमता विकास, सुशासन प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३३ दिन अगाडि

पाठकबाट थप