निजगढमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निजगढमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

निजगढ, बारा । बारा जिल्लाको निजगढमा रहेका तीन सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने “सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम” असार  १४ गते सम्पन्न भएको छ ।

तालिम निजगढ महिला बचत तथा ऋण सहकारी संस्था लि., समुृन्नत महिला बहुउद्देश्यीय सहकारी संस्था लि. र स्वतन्त्र कृषि सहकारी संस्था लि. को संयुक्त आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सम्पन्न भएको हो । 

कार्यक्रमको अध्यक्षता निजगढ महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शोभा राउत ले गर्नुभएको थियो भने प्रमुख अतिथि निजगढ नगरपालिका पुर्व उप प्रमुख लिला देवी लामिछाने खनाल तथा समापन कार्यक्रममा सुरथ पुरी रहनुभएको थियो । प्रमुख अतिथि पुरीले सहकारी संस्थाहरूलाई सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सञ्चालन गर्न दक्ष र सक्षम सञ्चालक समितिको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सहकारी अभियानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश बरालले गर्नुभएको थियो । तालिममा सहकारी संस्थाको सुशासन, सञ्चालक समितिको भूमिका र जिम्मेवारी, नेतृत्व विकास, सहकारी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय अनुशासन, रणनीतिक योजना निर्माण तथा संस्थागत दिगोपन लगायतका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । साथै सहभागीहरूबीच व्यवहारिक अनुभव आदान–प्रदान तथा समसामयिक चुनौतीहरूबारे अन्तरक्रियात्मक छलफलसमेत भएको थियो ।

तालिममा आयोजक तीनवटै सहकारी संस्थाका कुल ४५ जना सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई संस्थागत सुशासन, प्रभावकारी निर्णय प्रक्रिया तथा सदस्यमैत्री सेवा प्रवाहमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनमा आयोजक संस्थाहरूले सहकारी क्षेत्रको क्षमता विकास, सुशासन प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप