चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सदस्य संस्था चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित भएको छ ।

जुलाई २१, २०२६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद (ओकू) को साधारण सभाका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सदस्यलाई सहज, छरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै संस्थागत सञ्चालनलाई प्रविधिमैत्री बनाएको योगदानको कदर स्वरूप चन्द्रागिरी साकोसलाई सम्मान प्रदान गरिएको परिषदले जनाएको छ । 

उक्त सभामा नेपालबाट नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको उपस्थितिमा चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले पुरस्कार ग्रहण गर्नुभएको थियो । 

विश्व ऋण परिषदले हरेक वर्ष डिजिटल नवप्रवर्तन, सदस्य सेवाको पहुँच विस्तार तथा संस्थागत सञ्चालनमा प्रविधिको उत्कृष्ट उपयोग गरेका बचत तथा ऋण सहकारी संस्थामध्ये उत्कृष्ट संस्थाको छनोट गरी यो पुरस्कार प्रदान गर्दै आएको छ । विश्वभरबाट प्राप्त आवेदनहरूको मूल्यांकनपछि विजेता संस्था चयन गरिन्छ । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कार्यक्रम स्थलबाट साकोस आवाजसँग कुरा गर्दै चन्द्रागिरी साकोसले प्राप्त गरेको यो सम्मान नेपालका सहकारी क्षेत्रका लागि अन्तर्राष्ट्रिय पहिचान र गौरवको विषय भएको बताउनुभयो ।

अस्ट्रेलियामा जारी अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी सम्मेलनमा विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ । यो अवार्डलाई नेपालको साकोस अभियानको सबैभन्दा ठुलो उपलव्धिको रुपमा लिइएको छ ।

नेफ्स्कूनले नेपालको साकोस अभियानलाई प्राविधिकीकरण गरी सदस्यहरुलाई प्राविधिक रुपमा सेवा प्रसार गर्ने र पछिल्लो प्रविधि अवलम्बन मार्फत सदस्यको जनजीवन र कारोबार सहज बनाउन सन् २००६ देखि प्राविधिकीकरण रणनीति अनुरुप प्रविधि प्रवर्धन गर्दै आईरहेकोछ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप