चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सदस्य संस्था चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित भएको छ ।

जुलाई २१, २०२६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद (ओकू) को साधारण सभाका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सदस्यलाई सहज, छरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै संस्थागत सञ्चालनलाई प्रविधिमैत्री बनाएको योगदानको कदर स्वरूप चन्द्रागिरी साकोसलाई सम्मान प्रदान गरिएको परिषदले जनाएको छ । 

उक्त सभामा नेपालबाट नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको उपस्थितिमा चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले पुरस्कार ग्रहण गर्नुभएको थियो । 

विश्व ऋण परिषदले हरेक वर्ष डिजिटल नवप्रवर्तन, सदस्य सेवाको पहुँच विस्तार तथा संस्थागत सञ्चालनमा प्रविधिको उत्कृष्ट उपयोग गरेका बचत तथा ऋण सहकारी संस्थामध्ये उत्कृष्ट संस्थाको छनोट गरी यो पुरस्कार प्रदान गर्दै आएको छ । विश्वभरबाट प्राप्त आवेदनहरूको मूल्यांकनपछि विजेता संस्था चयन गरिन्छ । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कार्यक्रम स्थलबाट साकोस आवाजसँग कुरा गर्दै चन्द्रागिरी साकोसले प्राप्त गरेको यो सम्मान नेपालका सहकारी क्षेत्रका लागि अन्तर्राष्ट्रिय पहिचान र गौरवको विषय भएको बताउनुभयो ।

अस्ट्रेलियामा जारी अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी सम्मेलनमा विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ । यो अवार्डलाई नेपालको साकोस अभियानको सबैभन्दा ठुलो उपलव्धिको रुपमा लिइएको छ ।

नेफ्स्कूनले नेपालको साकोस अभियानलाई प्राविधिकीकरण गरी सदस्यहरुलाई प्राविधिक रुपमा सेवा प्रसार गर्ने र पछिल्लो प्रविधि अवलम्बन मार्फत सदस्यको जनजीवन र कारोबार सहज बनाउन सन् २००६ देखि प्राविधिकीकरण रणनीति अनुरुप प्रविधि प्रवर्धन गर्दै आईरहेकोछ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप