स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

मैदी, धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भदौ १३ गते स्थलगत सुपरिवेक्षण भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ–संस्थाहरूमा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएकोमा सोही कार्यक्रम अन्तर्गतको प्रोवेसनका सूचकहरूमा केन्द्रित रही स्थलगत सुपरिवेक्षण गरिएको हो ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूको मूल्याङ्कन गरिएको थियो । आन्तरिक कार्यविधि अद्यावधिक अवस्था, सदस्यमैत्री उत्पादन तथा सेवाहरू, आवधिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायका मापदण्ड तथा निर्देशनहरूको परिपालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन, वित्तीय स्रोतको प्राप्ति तथा परिचालन लगायतका विषयहरू समेटिएका थिए ।

त्यसैगरी संस्थामा विद्यमान कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन, साथै प्रविधिसम्बन्धी जोखिमहरूको समीक्षा गर्दै समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीप राज ढकालद्वारा सम्पन्न उक्त सुपरिवेक्षणमा संस्थाका समिति तथा व्यवस्थापनको सहभागिता रहेको थियो । सुपरिवेक्षण पश्चात् सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको छ । छलफलका क्रममा प्राप्त सुझावहरू यथासम्भव कार्यान्वयन गर्ने प्रतिबद्धता संस्थाका अध्यक्ष मदन कुमार श्रेष्ठले व्यक्त गर्नुभएको छ ।

भर्खरै
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

निष्ठा साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न

जनस्मृति साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण

महिला सशक्तिकरण साकोस स्क्यान कार्यक्रममा आवद्ध

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

४ दिन अगाडि

ज्योती महिला विकास साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

म्याग्दी स्थित धौलागिरि साकोसमा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

५ दिन अगाडि

लोकप्रिय
जनस्मृति साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण
जनस्मृति साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण

१७ घण्टा अगाडि

महिला सशक्तिकरण साकोस स्क्यान कार्यक्रममा आवद्ध
महिला सशक्तिकरण साकोस स्क्यान कार्यक्रममा आवद्ध

१९ घण्टा अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

४ दिन अगाडि

तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

८ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

११ दिन अगाडि

पाठकबाट थप