भक्तपुर । भक्तपुरको व्यासी स्थित जनस्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनले सञ्चालन गरिरहेको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सम्बन्धी अभिमुखिकरण भाद्र ११ गते सम्पन्न गरेको छ ।
अभिमुखिकरण कार्यक्रममा नेफ्स्कूनबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र व्यवसाय सहायक लक्ष्मीप्रसाद मानन्धर एवम् संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठ सहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापन गरी ९ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले स्क्यान कार्यक्रममा सहभागिताको औचित्य, उद्देश्य तथा प्रभावकारिताबारे सहजीकरण गर्नुभएको थियो ।
अभिमुखिकरणपछि सहभागीहरूले स्क्यान कार्यक्रममा सहभागी हुने सम्बन्धमा सञ्चालक समितिबाट आवश्यक निर्णय गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१६ दिन अगाडि
२२ दिन अगाडि
४१ दिन अगाडि
३० दिन अगाडि
३९ दिन अगाडि
४६ दिन अगाडि
३१ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि