नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, साउन १ । नयाँ आर्थिक वर्षको पहिलो दिन नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबीच सहकार्यको मार्गचित्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा “नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको सहकार्यको मार्गचित्र” नाम दिइएको उक्त समझदारी पत्रमा हस्ताक्षर र आदानप्रदान गरिएको हो ।
खासगरी कोभिड–१९ को महामारीसँगै सहकारी क्षेत्रमा आइपर्ने वित्तीय संकटको एकीकृत सम्बोधनको अभिप्रायसहित दुवै निकायबीच संयुक्त व्यावसायिक साझेदारीका क्षेत्रहरु तय गर्ने सहमति बैशाख १७ गते भएको थियो । त्यसको विस्तृत अध्ययनका लागि सोही दिन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संयोजकत्वमा महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरु तथा सहकारी बैंकका सञ्चालकहरु सरिता भट्टराई, ज्ञानबहादुर तामाङ र रामहरि बजगाई एवम् दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु पदेन सदस्य रहने गरी ८ सदस्यीय संयुक्त कार्यदल गठनको सहमति पत्रमा हस्ताक्षर भएको थियो । कार्यदलले साझेदारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सम्भावनाहरु सहितको मार्गचित्र तयार गरेको हो ।
मार्गचित्रमा दुवै निकाय बीच बचत तथा ऋण सहकारीको सम्बन्धमा साझा कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख छ । वित्तीय सेवा तथा व्याजदर, प्रविधिकरण, बहस पैरवी, विपद व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, सेवाकेन्द्र, शाखा स्थापना, सञ्चालन र व्यवस्था आदि समन्वयका अल्पकालीन क्षेत्रका सम्भावना औल्याएको मार्गचित्रले बजेट तथा कार्यक्रम, नियामकीय अवधारणामा मध्यकालीन तथा अन्य समसामयिक विषयमा दीर्घकालीन सहकार्यका क्षेत्रहरु पहिचान गरेको छ ।
सहकार्यको मार्गचित्र सम्बन्धी समझदारीमा हस्ताक्षर एवम् आदान प्रदान कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बैकका अध्यक्ष केबी उप्रेती, सञ्चालक सरिता भट्टराई, ज्ञानबहादुर तामाङ र रामहरि बजगाईले हस्ताक्षर गर्नुभएको थियो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् महासंघका सञ्चालक डीबी बस्नेत, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेको उपस्थितिमा उक्त समझदारीमा हस्ताक्षर गरिएको हो । कार्यक्रमका महासंघका अध्यक्ष कँडेलले दुवै निकाय सहमति कार्यान्वयनमा प्रतिवद्धत हुनुपर्ने बताउनुभयो । नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारी मूल्य र मान्यतामा अडिग रहेर संयुक्त साझेदारीको कार्य र प्रक्रिया अबलम्बन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बैंकका अध्यक्ष उप्रेतीले पनि मार्गदर्शन कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने धारणा राख्नुभयो ।
देशको समग्र आर्थिक तथा सामाजिक क्षेत्रको सुरक्षित अवतरणका लागि दुवै निकायबीच संयुक्त रणनीति अख्तियार गरी बचत तथा ऋण सहित सम्पूर्ण सहकारी संघ संस्थाको दीगोपन, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण निर्माण गर्न साझा विषयहरुमा साझेदारी कायम गर्दै अघि बढ्न बाञ्छनीय भएकाले सहकारी ऐन २०७४ को दफा २५ (घ) र ५४ (ग) र (झ) लाई आधार पारी यो मार्गचित्र तयार पारी लागू गरिएको जनाइएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप