उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान
साकोसआवाज प्रतिनिधि/राधा पौडेल
- साकोसआवाज प्रतिनिधि/राधा पौडेल
उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

दुःख पर्दा सहयोग गर्न सक्ने संस्थागत विकासको जन्म स्वरुप मानिसले सहकारी संस्था जन्माएको हो । स सानो बचत बाट परेको गर्जो टार्न सकिन्छ भन्ने उद्देश्यले संस्थाको जन्म गराई त्यसको व्यवस्थित र संगठीत संरचना निर्माण बाट सहकारी संस्था अगाडि बढेको पाइन्छ । सहकारीका सदस्यहरुको सामूहीक पूँजी निर्माण, पूँजी परिचालन, उत्पादन, वितरण एवम् समानुपातिक लाभको आधारमा सदस्यहरुको आर्थिक जिवनस्तरमा सुधारको अपेक्षा गरिन्छ ।
 
समुदायमा आधारित साकोसका अधिकांश सदस्यहरु निर्वाहमुखी कृषि पेशामा निर्भर छन् । वित्तीय पहूँच बाहिर रहेका र निर्वाहमुखी जिवनपद्धतीमा आश्रित सहकारी सदस्यहरुलाई वित्तीय तथा प्राविधिक सेवा प्रवाह गर्न र सदस्य साकोसको क्षमता विकासको लागि विभिन्न संघ संस्थाको सहयोगमा लघु वित्त तथा कृषि वित्त प्रणालीको विकासका लागि योगदान रहेको छ ।
 
निम्न आय भएका समूहहरुलाई सहकारीमार्फत बचत तथा ऋण सेवा उपलब्ध गराएर सहकारीका सदस्यहरुको आर्थिक आय आर्जन र कृषि खेती प्रणाली व्यावसायीकरणका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले युवाहरुमा व्यवसाय प्रबद्र्धनका कामहरु गर्दै आईरहेको छ । लघुवित्तमा दिईने लघुऋणको सेवा सरल र सहज बनाएर, सदस्यहरुलाई प्राविधिक तालिम प्रदान गरेर, साकोसका लघुवित्त सदस्यहरुबाट उत्पादित वस्तुहरुको विक्री तथा बजारीकरणका लागि व्यवसाय विकास केन्द्रको स्थापना गरेर साकोसका विपन्न बर्गमा संघको वित्तीय सेवा विस्तार योजना अगाडि बढेको पाइन्छ । 
   
नेफ्स्कून र अन्तराष्ट्रिय श्रम संगठन (क्ष्ीइ) को लागत साझेदारीमा नीति र योजना मार्फत लघु, साना र मझौला उद्यम विकासको लागि वित्तीय पहूँच सुधार कार्यक्रम शुरु भएको छ । समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई कृषि तथा पशुपालन व्यवसाय विस्तार, व्यावसायीकरण र उत्पादित वस्तुको विक्री तथा बजारीकरण प्रबद्र्धनका लागि पहिलो चरणमा दुई साकोसलाई नमूना साकोसको रुपमा छनौट गरी कार्यक्रमको प्रारम्भिक तयारी भएको छ । 
 
पहिलो चरणको कार्यक्रममा गोदावरी नगरपालिका–७, ललितपुर देवीचौर स्थित श्री देवी महिला बचत तथा ऋण सहकारी संस्थालाई पाइलटीङको रुपमा लिइएको छ । यस संस्थामा आवद्ध शेयर सदस्य महिलाहरुको उद्यमशीलता विकास तथा व्यावसायिक सीप अभिवृद्धिका लागि श्री देवी महिला साकोस, नेफ्स्कून र अन्तराष्ट्रिय श्रम संगठन (क्ष्ीइ) बीच संयुक्त रुपमा प्राविधिक सहयोग सहजीकरणका लागि प्रथम चरणको त्री–पक्षीय अन्तरक्रिया सम्पन्न भएको छ । 
 
श्री देवी महिला बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य महिलाहरुको उद्यमशीलता विकास तथा व्यावसायिक सीप अभिवृद्धिका लागि श्री देवी महिला साकोस, नेफ्स्कून र अन्तराष्ट्रिय श्रम संगठन (क्ष्ीइ) बीच संयुक्त रुपमा प्राविधिक सहयोग सहजीकरणका लागि माघ १४ गते त्री–पक्षीय अन्तरक्रिया भएको थियो । अन्तरक्रिया पश्चात साकोसका सदस्य, महिला उद्यमी समूहले आवश्यक ज्ञान सीप र प्राविधिक सहयोग प्राप्त भएमा आफूहरुले गर्दै आएको पशु तथा कृषि व्यवसाय विस्तार र गुणस्तर सुधारगर्न प्रतिबद्धता जनाए । 
सदस्यहरुले आफूहरुले गर्दै आएको पशुपालन तथा कृषि खेती सम्बन्धी जानकारी, स्थानीय उत्पादन र बजारीकरणको सम्बन्धमा थुप्रै गुनासाहरु राखे । स्थानीय क्षेत्रमा उत्पादित दूध तथा तरकारीको उपयुक्त बखजारीकरण, उत्पादनमा गुणस्तर सुधार र वेमौसमी तरकारी खेतीका लागि लगानी र प्राविधिक ज्ञान सीप प्रदान गर्ने उद्देश्यसहित नेफ्स्कून र आइएलओले अगाडि सारेको नीति र योजना मार्फत लघु, साना र मझौला उद्यम विकासको लागि वित्तीय पहूँच सुधार कार्यक्रम प्रति सहभागीहरुले खुशी व्यक्त गर्दै आफ्नो व्यवसाय विस्तार र गुणस्तर सुधारमा क्रियाशिल भएर लाग्ने प्रतिबद्धता जनाए । 
साकोस सदस्यहरुले आफूहरुले गर्दै आएको परम्परागत निर्वाहमुखी तरकारी खेती र पशुपालनबाट राम्रो आर्थिक आम्दानी गर्न नसकिएको गुनासो गर्दै भने कृषि खेती र पशुपालन व्यवसायका लागि भन्दै धेरै पहिलेदेखि नै विभिन्न ठाउँबाट मानिसहरु आएर कार्यक्रम गर्ने गरेको भएपनि हालसम्म कुनै उपलब्धीमूलक कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया राखे । प्राविधिक ज्ञानको कमी, लगानी अभाव र बजार समस्याले गर्दा उत्पादीत बस्तुको पनि उपयुक्त बजार मूल्य पाउन नसकेका स्थानीय कृषकहरु नयाँ कार्यक्रम र प्राविधिक ज्ञान सीप प्राप्त भएमा दुःख को मूल्य पाइन्छ की भन्ने पर्खाइमा रहेको पाइयो । 
 
कार्यक्रममा सहभागी सदस्य जानुका तिमल्सिना भन्नुहुन्छ,“ भएको चार रोपनी जग्गा त्यसमा पनि सहकारीबाट ऋण लिएर तरकारी खेती ग¥यो, बेच्ने बेला आफुलाई बजार मुल्य कति छ थाहा हुँदैन, आँफै बजार पु¥याउन पनि सम्भव छैन, जति दिन्छन् त्यसमै चित्त बुझाउनुपर्छ ।”
 
कृषि तथा पशुपालन व्यवसाय विस्तार, उत्पादन बृद्धि र बजारीकरणका लागि योगदान पुग्ने खालको कार्यक्रमहरु पाएमा आफूहरु कम्मर कसेर मिहिनेत गर्न तयार रहेको महिलाहरुको सामूहिक प्रतिबद्धता पश्चात  नेफ्स्कून र आइएलओका प्रतिनिधिहरुले महिला सदस्यहरुका लागि प्राविधिक तालिम साथै सहकारी मार्फत लगानीका लागि आवश्यक ऋण प्रवाह गर्ने विश्वास दिलाएको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप