F.W.RAIFFEISEN को विचारको विश्वयात्रा, आज विश्वले गर्दैछ २०७औ जन्मदिन स्मरण
साकोसआवाज प्रतिनिधि/राधा पौडेल
- साकोसआवाज प्रतिनिधि/राधा पौडेल
F.W.RAIFFEISEN को विचारको विश्वयात्रा, आज विश्वले गर्दैछ २०७औ जन्मदिन स्मरण

क्रेडिट युनियनका अग्रगामी तथा समाज सुधारक F.W. RAIFFEISEN ले उनी आफू कहिल्यै संसारको यात्रा गरेनन्, तर उनको विचारले विश्व यात्रा गर्यो । 

आज मार्च ३०, क्रेडिट युनियनका पिता फ्रेडरिक विल्हेम राइफिसेन (F.W. RAIFFEISEN 1818-1888 AD) को २०७औं जन्मदिन । सन् १८१८ मार्च ३० मा जर्मनीको किसान परिवारमा जन्मिएका दूरदर्शी एवं समाज सुधारक राइफिसेनले पारस्परिक सहयोग मार्फत जनताको जीवनस्तर सुधारका लागि आफ्नो जीवन समर्पित गरेको दिनको रुपमा आजको दिनलाई स्मरण गरिन्छ । आत्म–सहायता र व्यक्तिगत जिम्मेवारी मार्फत मानिसहरूको कठिनाइ कम गर्ने नयाँ तरिकाहरू खोज्न निरन्तर लागिपरेका राइफिसेनले किसानलाई चर्को ऋणबाट मुक्त गर्नका लागि सन् १८६४ मा जर्मनमा पहिलो ग्रामीण क्रेडिट युनियन स्थापना गरेका थिए । जसले ग्रामीण जनसंख्याको पीडा कम गर्न ठूलो सहयोग गरेको थियो । राइफिसेनको त्यो अदम्य विरासतले विश्वव्यापी क्रेडिट युनियन र सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरु र समुदायमाझ इमान्दारीका साथ सेवामा समर्पित रहन प्रेरित गरेको छ । क्रेडिट युनियनमा राइफिसेनको योगदानको उत्सव स्वरुप आत्म–सहयोग, स्व–शासन र स्व–उत्तरदायित्वको मूल्यहरुप्रति प्रतिबद्धता जनाउँदै मार्च ३० लाई उत्वसको रुपमा मनाउने गरिन्छ । 

“यदि क्रेडिट युनियनहरूले सामाजिक सुधारमा योगदान पुर्याउने हो भने, तिनीहरूले आफूलाई ऋण प्रदान गर्नमा मात्र सीमित राख्नु हुँदैन,  तिनीहरूको मुख्य उद्देश्य आर्थिक सुधारको लागि पैसाको प्रयोगमा नियन्त्रण गर्नु र मानिसहरूको नैतिक र भौतिक मूल्यमान्यताहरू र आफैंले कार्य गर्ने इच्छाशक्तिमा सुधार गर्ने हुनुपर्छ” : फ्रेडरिक विल्हेम राइफिसेन

आफ्ना माता पिताका ९ सन्तान मध्ये ७ औं सन्तानका रुपमा जन्मेका राइफिसेनले १४ वर्षको उमेरमा स्कूलको पढाई छोडी सन् १८३५ मा सेनामा बहाल भई जागीर खाएका थिए । आँखामा समस्या आएको कारण उनलाई सन् १८४३ मा सेनाको जागीर छोड्नु परेको थियो । उनी पहिलो पटक १८४५ मा जर्मनको मेयर बने । मेयर भएर समाज सेवा गर्दा उनीले जनताको कहालीलाग्दो गरिबीको अवस्थालाई नजिकबाट नियाल्ने मौका पाए । गरिबी न्यूनीकरणका लागि भन्दै उनीले सन् १८४६ मा Self help and mutual solidarity नाम दिएर नागरिकलाई गोलबन्दी गर्दै भएकाहरुलाई बचत गर्न सिकाए र नभएकाहरुलाई व्याज समेत फिर्ता गर्ने गरि ऋण लिने अवधारणको विकास गरे । फलस्वरुप राइफिसेनको बचत ऋण अभियानको प्रारम्भले विश्वभर आधुनिक सहकारी अर्थात क्रेडिट युनियनको अवधारणा विकास भयो । 

समाज सुधारक र सहकारी आन्दोलनका संस्थापक राईफाईसनले शुरुवात गरेको उक्त अवधारणा जर्मनीमा मात्र सिमित नभई युरोप, अमेरिका तथा एशिया हुदै विस्तारै विश्व भरी फैलियो । सन् १८८८ मा राइफाइसेनको मृत्युको समय सम्ममा क्रेडिट युनियनहरु इटाली, फ्रान्स, नेदरल्याण्ड्स, इङ्गाल्याण्ड, अस्ट्रिया र अन्य राष्ट्रहरुमा फैलिसकेका थिए । आज विश्वले F.W. RAIFFEISEN लाई क्रेडिट युनियनका पिताको रुपमा चिन्दछ । क्रेडिट युनियनका अग्रगामी राइफाइसनको नाममा विश्वका धेरै क्रेडिट युनियन र सहकारी बैंकहरुको नामाकरण समेत गरिएको छ । आज विश्वभरका क्रेडिट युनियनहरुले उहाँको स्मरणमा विविध कार्यक्रमहरु आयोजना गरेका छन् । नेपालको बचत तथा ऋण सहकारी अभियान (नेफ्स्कून) लगायत प्रारम्भिक साकोस तथा बचत संघहरुले समेत एफ डब्लू राइफाइसेनको योगदानको स्मरण गरेका छन् । उहाँको मृत्यु ६९ बर्षको उमेरमा ११ मार्च १८८८ मा जर्मनको न्यूविडमा भएको थियो । 

भर्खरै
जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण
जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण

१६ घण्टा अगाडि

सहकारीमा सुशासन, सदस्यकेन्द्रित सेवा र एकीकरणमा जोड
सहकारीमा सुशासन, सदस्यकेन्द्रित सेवा र एकीकरणमा जोड

२ दिन अगाडि

ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव
ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव

२ दिन अगाडि

 नेफ्स्कूनद्वारा चमेली कल्याणकारी साकोसमा ‘स्क्यान’ अन्तर्गत स्थलगत सुपरीवेक्षण
 नेफ्स्कूनद्वारा चमेली कल्याणकारी साकोसमा ‘स्क्यान’ अन्तर्गत स्थलगत सुपरीवेक्षण

३ दिन अगाडि

प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 
सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

मधेस प्रदेशका चार सहकारी संस्थाको नेफ्स्कूनद्धारा अवलोकन 
मधेस प्रदेशका चार सहकारी संस्थाको नेफ्स्कूनद्धारा अवलोकन 

३ दिन अगाडि

उपकार साकोसमा स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
उपकार साकोसमा स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

७ दिन अगाडि

सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 
सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव
ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव

२ दिन अगाडि

जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण
जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण

१६ घण्टा अगाडि

सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना
सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना

८ दिन अगाडि

दिगोपना र सुशासन प्रवर्द्धनका लागि द गोर्खाज साकोसको सुपरिवेक्षण
दिगोपना र सुशासन प्रवर्द्धनका लागि द गोर्खाज साकोसको सुपरिवेक्षण

४ दिन अगाडि

स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 
स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 

२२ दिन अगाडि

पाठकबाट थप