आइसीयू डे–२०२५
७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाइदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाइदै 

“समृद्ध बिश्वको लागि सहकार्य” (Cooperation for a Prosperous World) भन्ने मुल नाराका साथ यहि मिति २०८२ असोज ३० गते विश्वभरका बचत तथा ऋण सहकारीको छाता संगठन विश्व ऋण परिषद् (ओकू)ले यस वर्षको ७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाउँदैछ । यसले सहकार्य, एकता र आपसी सहयोग मार्फत विश्वव्यापी समृद्धि हासिल गर्न सहकारी आन्दोलनको भूमिकालाई उजागर गर्दै सहकारीबाट बिश्वलाई समृद्धिको बाटोमा हिडाउने प्रतिबद्धता सहित ७७औं अन्तराष्ट्रिय क्रेडिट युनियन दिवस मनाउने तयारी गरेको हो ।

विश्वभरका सहकारी र क्रेडिट युनियन संस्थाहरूले हरेक वर्ष झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस २०२५  विविध कार्यक्रमका साथ मनाइरहेका छन् । यो दिवस हरेक वर्ष अक्टोबर महिनाको तेस्रो विहीबार मनाउदै आएकोमा यस वर्ष पनि अक्टोवर १६ तारीक २०२५ (२०८२ असोज ३०) का दिन विश्वभर मनाइँदै छ ।

यस वर्षको दिवसको विषयवस्तु (थीम) “समृद्ध विश्वका लागि सहकार्य” निर्धारण गरिएको छ । उक्त विषयले विश्वका क्रेडिट युनियनहरूबीचको सहकार्य, साझेदारी र आपसी समर्थनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने सन्देश दिन्छ ।

आइसीयू डे–विश्वभरका वित्तीय सहकारीहरुको सबैभन्दा ठूलो पर्व हो । यो विश्वभरका वित्तीय सहकारीहरुको साझा उत्सव हो । यसलाई उत्सवकै रुपमा विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाले विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रमहरु, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी मनाउने गर्दछन् । यस वर्ष पनि विश्व ऋण परिषद् (ओकू), नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) लगायत विभिन्न मुलुकका वित्तीय सहकारीका शीर्ष संघहरुसँगै प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरी आइसीयू डे मनाउँदैछन् ।

अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवसको सुरुवात सन् १९४८ देखि भएको हो । विश्व क्रेडिट युनियन परिषद् (ओकू)  को संयोजनमा हाल १०० भन्दा बढी देशमा यो दिवस मनाइँदै आएको छ । यस दिवसले सहकारी आन्दोलनलाई सशक्त पार्दै सदस्य–केन्द्रित वित्तीय प्रणालीलाई विश्वव्यापी रूपमा सुदृढ गर्न योगदान पु¥याएको मानिन्छ । 
 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप