आईसीए महासभाले पारित गर्यो 'नयाँ ५ वर्षे रणनीतिक योजना'
एजेन्सी
- एजेन्सी
आईसीए महासभाले पारित गर्यो 'नयाँ ५ वर्षे रणनीतिक योजना'

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को वार्षिक साधारणसभाले सन् २०२६ देखि सन् २०३० सम्मका लागि नयाँ रणनीतिक योजना पारित गरेको छ । यसअघि नै आईसीएले दशकीय रणनीतिक योजना निर्माण गर्दै आएको थियो । पछिल्लो पटक आईसीएले सन् २०२० देखि सन् २०३० सम्मको रणनीतिक योजना तय गरेपनि यो पटक उक्त योजना परिमार्जन गर्दै नयाँ ५ वर्षे रणनीतिक योजना पारित गरेको हो । यद्यपि, यसबारे धेरै विषयहरु खुलाइएको छैन ।

बेलायतको म्यान्चेष्टरस्थित रोचडेल शहरमा जुलाई २ मा आयोजित सभाले आगामी वर्ष अर्थात् सन् २०२६ को आईसीएको वार्षिक सभा मध्य अमेरिकी मुलुक पनामा आयोजना गर्ने निर्णय समेत गरेको छ । सभाले ग्वाटेमालाको प्रस्तावमा विश्व सहकारी अभियानका अग्रणीहरु रोचडेल पायोनिर्यसहरुको योगदानको कदर गर्दै स्ट्यान्डिङ ओभेसन (उठेर ताली बजाउँदै सम्मान) प्रदान गरेको छ ।

रोचडेलमा आईसीएको वार्षिक साधारणसभा

विश्वका ६० बढी मुलुकका सहकारी अभियानकर्मीहरु बेलायतको म्यान्चेष्टरस्थित रोचडेल शहरमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को वार्षिक साधारणसभा बेलायतको ग्रेटर म्यानचेष्टरको रोचडेल शहरमा सहभागी हुने सिलसिलायमा यो अन्तर्राष्ट्रिय सहकारी जमघट भएको हो । यसै समय पारेर बेलायती सहकारी अभियानको आयोजनामा कोअरेटिभ कंग्रेस पनि भैरहेको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को सन्दर्भ पारेर यो वर्षको आईसीएको वार्षिक साधारण सभा सहकारी अभियानको जननी बेलायतमा आयोजना गरिएको हो । करिब १ सय ८० वर्षअघि बेलायतको त्यही रोचडेल शहरबाट सहकारी अभियानको औपचारिक थालनी भएको थियो । प्रत्येक वर्ष जुलाईको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप