आइसीयू डे
७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस...

“समृद्ध बिश्वको लागि सहकार्य” (Cooperation for a Prosperous World) मुल नाराका साथ अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे २०२५, को अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) नेपालले सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरु गरि अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे मनाएको छ । 

असोज ३० गते विश्वभरका बचत तथा ऋण सहकारीको छाता संगठन विश्व ऋण परिषद् (ओकू) लगाएत विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुले यस वर्षको ७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस विविध कार्यक्रमका साथ मनाएका छन । सहकार्य, एकता र आपसी सहयोग मार्फत विश्वव्यापी समृद्धि हासिल गर्न सहकारी आन्दोलनको भुमिकालाई उजागर गर्दै सहकारीबाट बिश्वलाई समृद्धिको बाटोमा हिडाउने प्रतिबद्धता सहित ७७औं अन्तराष्ट्रिय क्रेडिट युनियन दिवस मनाइएको हो ।

यो दिवस हरेक वर्ष अक्टोबर महिनाको तेस्रो विहीबार मनाउँदै आएकोमा यस वर्ष पनि अक्टोवर १६ तारीक २०२५, असोज ३० गते का दिन विश्वभर मनाइएको हो । यस वर्षको दिवसको विषयवस्तु (थीम) “समृद्ध विश्वका लागि सहकार्य” निर्धारण गरिएको थियो । उक्त विषयले विश्वका क्रेडिट युनियनहरू बीचको सहकार्य, साझेदारी र आपसी समर्थनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने सन्देश दिएको छ ।

आइसीयू डे–विश्वभरका वित्तीय सहकारीहरुको सबैभन्दा ठूलो पर्व हो । यो विश्वभरका वित्तीय सहकारीहरुको साझा उत्सव हो । यसलाई उत्सवकै रुपमा विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाले विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रमहरु, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी मनाएका छन् । यस वर्ष पनि विश्व ऋण परिषद् (ओकु), नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) लगायत विभिन्न मुलुकका वित्तीय सहकारीका शीर्ष संघहरुसँगै प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरीे मनाएका छन् ।

नेफ्स्कूनले आइसियु डे देशभर कार्यक्रमको आयोजना गरी मनाएको छ । साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला, लघु उद्यम खेल तालिम, पूँजी पर्याप्तता विश्लेषण,महिला उद्यमी उत्प्रेरणा गोष्ठी आदि विभिन्न कार्यक्रमको साथ मनाएको हो । 

अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवसको सुरुवात सन् १९४८ देखि भएको हो । विश्व क्रेडिट युनियन परिषद् (ओकू) को संयोजनमा हाल १०४ भन्दा बढी देशमा यो दिवस मनाइएको छ । यस दिवसले सहकारी आन्दोलनलाई अझ सशक्त पार्दै सदस्य–केन्द्रित वित्तीय प्रणालीलाई विश्वव्यापी रूपमा सुदृढ गर्न योगदान पु¥याएको मानिन्छ । क्रेडिट युनियनहरूसँग साँच्चै विश्वभरका सदस्यहरू र समुदायहरूप्रति प्रतिबद्धता जनाउन विश्वव्यापी क्रेडिट युनियन आन्दोलनमा अहिले ४१ करोड १० लाखभन्दा बढी सदस्यहरू छन् र उनीहरूलाई १०४ देशहरूमा ७४,००० भन्दा बढी क्रेडिट युनियनहरूद्वारा सेवा दिइएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
 

भर्खरै
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

८ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

८ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५५ दिन अगाडि

पाठकबाट थप