‘साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला’ बर्दिवासमा सम्पन्न...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला’ बर्दिवासमा सम्पन्न...

बर्दिवास । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय जनकपुरको आयोजनामा एक दिवशिय साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बर्दिवासमा असोज ३० गते सम्पन्न भएको छ ।

नेफ्स्कून सञ्चालक शोभा कुमारी राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफुले प्रतिनिधित्व गर्ने साकोसहरुबाट रौतहट, सर्लाही,र महोत्तरीका जिल्ला बचत संघ अध्यक्षहरु र नेफ्स्कून सदस्य सेवा कार्यालय पर्सा, जनकपुर र सर्लाही व्यवस्थापन उपसमिती सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण विभागीय प्रमुख दुर्गाप्रसाद ढकालले गर्नु भएको थियो ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा गैर स्थलगत र स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो  । संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुविधाको बिषयमा अन्तक्रियात्मक सहजीकरण भएको थियो । 

२०६३ सालबाट सुरुवात गरिएको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम लगाएतका स्तरिकरण कार्यको थालनिलाई संस्थागत गर्न नयाँ अनुगमन निरिक्षणको कार्यक्रम स्क्यान अव सबै  साकोसहरुमा अनिवार्य गर्नको लागि संघको सञ्चालक समितिबाट निति तथा कार्यक्रम र कार्यविधी निर्माण गरि सुरुवात गरिएको छ । राज्यको नियामकिय निकायबाट वित्तिय सहकारीलाई कानुन सम्मत ढंगबाट सुशासन पारदर्शि र मर्यादित बनाउनको लागि कानून बनाई मापदण्ड कार्यान्वयनमा ल्याएको परिवेशमा क्षमता पुगेका साकोसले वित्तिय परिक्षण गराउँन सक्ने गरि यो कार्यक्रम ल्याएको छ । स्क्यान कार्यक्रम अन्तर्गत प्रोवेसन कार्यक्रममा आबद्ध भएका साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा न्यूनीकरण गर्ने भएकाले चाडै स्क्यानमा जोडिन आग्रह समेत गरिएको थियो ।

कार्यक्रम मधेश प्रदेशका ८ वटा जिल्लाका ५६ साकोसहरुबाट अध्यक्ष र व्यवस्थापकहरु सहित १२६ जनाको सहभागिता रहेको कार्यक्रमको संचालन कार्यक्रम अधिकृतम रामकृष्ण भट्टराईले गर्नु भएको थियो भने समग्र व्यवस्थापन सदस्य सेवा कर्यालय ईञ्चार्जहरु राजेन्द्र ढकाल, संजय कुमार कर्ण, दिपेन्द्र शाह र सदस्य सेवा सहायक (सहजकर्ता) हरु श्याम बुढाथोकी, रम्भु पंडित र रामानन्द प्रसाद यादवले गर्नु भएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप