पूँजी पर्याप्तता विश्लेषण तालिम ललितपुरमा..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूँजी पर्याप्तता विश्लेषण तालिम ललितपुरमा..

ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालयको आयोजनामा एक दिवशिय पूँजीकोष पर्याप्तता विश्लेषण तालिम असोज ३० गते ललितपुरमा सम्पन्न भएको छ । 

सहकारी संस्थाको हितका लागि र सहकारी संस्था बचाइराख्न समयमा प्रतिवेदन पठाउनको लागि सहजिकरण हुने बचत तथा ऋणको विषयमा पोख्त बनाएर आर्थिक समृद्धिका लागि साथै सदस्यहरुको जीवन शैलीमा परिवर्तन ल्याउन यस तालिमको आयोजना गरिएको हो । 

तालिमका सहभागीहरुले तालिम निकै नै फलदायी रहेको र आँफूले यस तालिममा सिकेका कुराहरुलाई आफ्नो कार्यालयमा गएर कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
सहकारी संस्थाबाट ३० भन्दा माथिको सहभागिता रहेको तालिमको शुरुवातमा संघका प्राचार्य बल्लभ तिमिल्सीनाले तालिमको औचित्यतामाथि प्रकाश पार्दै  हाल सहकारी संस्थाहरुको लागि उक्त तालिम अपरिहार्य रहेको बताउनुभयो । सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो भने सञ्चालन ललितपुर सदस्य सेवा कार्यालय इन्चार्ज कल्पना पराजुलीले गर्नुभएको थियो । विभिन्न संस्थाका सञ्चालक समिति एवं व्यवस्थापनबाट सहभागिता रहेको उक्त तालिमको समापन संघका सञ्चालक सदस्य एवं ललितपुर सदस्य सेवा कार्यालय उपसमिति संयोजक देवकुमार श्रेष्ठले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप