काठमाडौं । गोकर्णेश्वर नगरपालिका २, नयाँपाटीमा रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं स्थापना दिवस शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष गौतम खनालको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथिमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र विशिष्ट अतिथिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको थियो ।
त्यसैगरि कार्यक्रममा कास्कूनका अध्यक्ष दिपक पनेरु, बागमती प्रोस्कुनका सचिव ठाकुर बास्कोटा, स्थानिय गोकर्णेश्वर न.पा. वडा नं.२ का वडा अध्यक्ष मधु लामा, वडा नं.६ का नमराज लामा, कागेश्वरी मनोहरा न.पा.१ का वडा अध्यक्ष मुकन्द गजुरेल, स्थानीय विद्यालयका प्रतिनिधि, साकोसका सञ्चालक समिति, संस्थापक सदस्य र पूर्व अध्यक्ष एवं सञ्चालक सदस्यहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले महिला सहभागिता र लघुवित्त कार्यक्रम मार्फत नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले महिला र कमजोर सदस्यहरुमा पुर्याएको प्रभावकारी वित्तीय सेवाको बारेमा प्रशंसा गर्नुभएको थियो । सदस्य सेवा र प्रभाकारी वित्तिय सुरक्षा प्रवाह गर्दै सहकारी अभियानमा एउटा उत्कृष्ट सहकारीको परिचय बनाउन सफल नयाँपाटीलाई धन्यावाद साथै स्थापना दिवस सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसमा शुभकामना व्यक्त गर्दै नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँपाटी साकोस एशियाली स्तरको एक्सेस कार्यक्रममा आबद्ध भएर सहकारीका उत्कृष्ट अभ्यासमा अब्बल रहेकोप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । साकोसले सदस्यहरुमाझ प्रभावकारी र सुरक्षित वित्तीय सेवा उपलब्ध गराएर करिब ९ हजार सदस्यहरुको विश्वास जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै स्थापना दिवस सफलताको शुभकामना प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्य अतिथि बक्ताहरुले पनि स्थापना दिवस सफलताको शुभकामना दिनुभएको थियो ।
साकोसका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रबन्धक रमेश श्रेष्ठले संस्था स्थापना काल देखीका आरोह अवरोहबारे अवगत गराउँदै सदस्यहरुमाझ सफल र दिगो वित्तीय सेवा प्रवाहमा नयाँपाटी साकोसको संस्थागत विकासको आगामी मार्गचित्र प्रस्तुत गर्नुभएको थियो । प्रत्येक महिना सामाजिक संजाल मार्फत संस्थागत वित्तिय तथा स्थिती बिबरण जानकारी गराउदै आईरहेको साकोसमा हाल ९ हजार ७ सय ६७ सदस्य आबद्ध छन् । संस्थाको शेयर पुँजी १३ करोड ६८ लाख ५९ हजार ९ सय, जगेडा कोष १२ करोड ११ लाख ९० हजार रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब २६ करोड ५६ लाख ७१ हजार रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि, अतिथि, संस्थापक सदस्य, पूर्व अध्यक्ष, पूर्व सञ्चालक तथा अभियन्ताहरुलाई सम्मान गरिएको थियो भने लघुवित्त स्वाबलम्वन महिला केन्द्रमा प्रथम, द्धितिय र तृतिय हुने महिलाहरुलाई साथै उत्कृष्ठ केन्द्र प्रमुख लगायत विभिन्न विधा र सेवामा उत्कृष्ट हुनेहरुलाई सम्मान, बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
३५ दिन अगाडि
२४ दिन अगाडि
९ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२५ दिन अगाडि
३३ दिन अगाडि