सहकारी नियमनलाई विधिसम्मत रुपमा सञ्चालनमा ल्याउँदै छौं : सहकारी मन्त्री
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी नियमनलाई विधिसम्मत रुपमा सञ्चालनमा ल्याउँदै छौं : सहकारी मन्त्री

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीभित्रका अनियमितताका विषयलाई नियमनमा ल्याएर विधिसम्मत रुपले सञ्चालन गर्नुपर्छ भन्नेमा सरकार लागेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अधिकारीले सहकारी नियम, विधिको आधारमा चलेनन् र आफ्नै मनोपोली विकास हुँदा अनियमितता बढेको विचार व्यक्त गर्नुभएको थियो । अहिले २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छौं, अब कसरी सहकारीलाई विधिसम्मत रुपले सञ्चालन गर्ने भन्नेमा हाम्रो ध्यान छ । सहकारी राम्रा छन्, एकादुई सहकारीले गलत गरेको आधारमा सहकारी गलत छन् भन्ने भाष्य उत्पन्न गरिएको छ, यसको अन्त्य गर्नुपर्छ, त्यसका लागि तपाई हामी जागरुक हुन जरुरी छ । अब हामीले गाउँ गाउँमा सहकारी सफल रुपमा सञ्चालन भईरहेका छन् भन्ने कुराको उदाहरण देखाएर पुष्टि गर्नुपर्ने समय भएको छ, उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले सहकारी अध्यादेश ल्याउने क्रममा सामान्य कमजोरी भएको तर त्यसलाई तत्काल सुधार गरेर अगाडि बढेको पनि बताउनुभयो । कमजोरी भएका कुरालाई तत्काल अनुभूति भयो र सुधारको प्रक्रियामा लाग्यौं, अझै पनि सुधार गर्नुपर्ने पक्षहरु छन् भने अभियानको राय सहित अगाडि बढ्न सकिने बताउनुभयो । आवश्यकता परेको खण्डमा पुरै ऐन नै संशोधन गरेर जानपर्ने पनि हुन सक्छ । हामी सबैलाई महसुश भएको खण्डमा ऐन परिवर्तन गर्न नसकिने पनि होइन । अहिले अप्ठ्यारो परेका कुराहरुलाई फुकायर काम गर्दै जाऊ, उहाँले भन्नुभयो । 
साथै यही चैत्र २० गते देशभरी राष्ट्रिय सहकारी दिवस मनाउन आव्हान गर्दै उहाँले काठमाडौं को भृकुटी मण्डमा सहकारी दिवस कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । 

नेफ्स्कून ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५, ६८औं राष्ट्रिय सहकारी दिवस र विश्वव्यापी बचत तथा ऋण सहकारीका प्रणेता F.W. RAIFFEISEN DAY को अवसरमा आज काठमाडौंमा “नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र“ विषयक कार्यक्रम आयोजना गरेको थियो । 

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मन्त्री अधिकारीले गर्नुभएको थियो । संघका महासचिव घनश्याम अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 

अध्यक्ष ढकालले सहकारी अभियानको पछिल्लो विकासक्रम अत्यन्त सकारात्मक रहेको विचार व्यक्त गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अब बचत तथा ऋण सहकारी केन्द्रीय संघको भूमिका पहिचान गरेर काम गर्नेछ भन्ने अपेक्षा अभियानको रहेको बताउनुभयो । नेफ्स्कूनसँग आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चिताको विषयमा संघले काम गर्छ, त्यसका लागि बचत तथा ऋण सहकारी संस्था सम्बन्धी छुट्टै ऐनको आवश्यकता अभियानले महशुस गरेको छ, उहाँले भन्नुभयो । 

कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले F.W. RAIFFEISEN ले प्रारम्भ गरेको विश्व क्रेडिट युनियनको इतिहास सहित “नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र“ विषयक कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यपत्रमाथी सुझाव तथा आफ्ना भनाई राख्दै सहभागीहरुको तर्फबाट बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाई, लगायत विन्धबासिनी साकोस, सुरबी साकोसबाट प्रतिनिधिमुलक विचार  प्राप्त भएको थियो । 

सहकारी सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले सहकारी क्षेत्रको समस्या समाधानमा कानुनी सबलता सँगै आचरणमा शुद्धता आवश्यक रहेको बताउनुभयो । सहकारीको प्रभावकारी सञ्चालनमा पहिले क्षमता बढाउनुहोस् उहाँले भन्नुभयो, सामाजिक परम्परा र असल प्रथा पनि कानुन भन्दा माथि छ, आचरण शुद्ध बनाउने र क्षमता विकास गर्नेहो भने सहकारीमा समस्या छैन, ऋण लगानी गर्दा विधि र रित नपुर्याएका कारण समस्या आएको हो, उहाँले बताउनुभयो ।  

अध्यक्ष पोरखेलले भन्नुभयो, सहकारी अर्थतन्त्रको अभिन्न अंग हो, सहकारीबाटै जनताको आर्थिक उन्नती सम्भव छ, सहकारी अर्थतन्त्रविना राष्ट्रिय अर्थतन्त्र निर्माण सम्भब छैन । सहकारी अभियान जनजनले विश्वास गर्न सक्ने र गाउँगाउँमा पुग्नेगरि हातोमालो गर्नुहोस्, त्यसमा सरकार, राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँगै हात बढाउन तयार छ । प्राधिकरणले सहकारी अभियान कमजोर हुनेगरि काम गर्दैन, प्राधिकरणले सहकारी नियमनको पाटोमा प्रमुख भूमिका खेल्छ र सहकारी विभाग सहकारीको प्रवर्द्धनात्मक कार्यमा अगाडि बड्छ, उहाँले भन्नुभयो । 

त्यसैगरि राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीका समस्या समाधानमा सञ्चालक र सदस्य नै स्वयं जिम्मेवार हुनुपर्ने बताउनुभयो । सहकारीमा सुशासन कायम गराउने विषयमा सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरु नै एकजुट भएर लाग्ने हो, अरु कसैले सहकारी समस्या समाधान गर्देला भन्ने होइन, उहाँले भन्नुभयो । सरकार र नियामक निकायको सहायता हामीले लिने हो, गर्ने आँफैले हो । सहकारी ऐनमा भएका व्यवस्था समयमा कार्यान्वयको अवस्थामा नआएका कारण पनि सहकारीमा समस्या बढेको उहाँको भनाई थियो । उहाँले सहकारीका संघहरुले आफूसँग आबद्ध सदस्य संस्थाहरुलाई बलियो बनाएन लैजानुपर्ने जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दै समस्या समाधानका लागि एकद्वार प्रणाली अपनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथिहरुमा सहकारी सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुन प्रसाद पोखरेल, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल, सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगाना, प्राधिकरणका सदस्य सचिव रविन ढकाल, नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार क्रमशः परितोष पौड्याल, डी.बी. बस्नेत, ऋषिराज घिमिरे र मिनराज कंडेलको उपस्थिति थियो । त्यसैगरि कार्यक्रममा नेफ्स्कूनका सञ्चालक समिति, संघका प्रमुख कार्यकारी अधिकृत, बागमती प्रोस्कूनका अध्यक्ष, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला बचत संघका अध्यक्ष सहित प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । 

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२३ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

२४ घण्टा अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१२ दिन अगाडि

पाठकबाट थप