संस्था मापनको वस्तुनिष्ठ आधार PEARLS
साकोसआवाज प्रतिनिधि/राधा पौडेल
- साकोसआवाज प्रतिनिधि/राधा पौडेल
संस्था मापनको वस्तुनिष्ठ आधार PEARLS

कास्की । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले वित्तीय सहकारीहरु व्यवस्थापनको औजार PEARLS भएको बताउँदै त्यसकै आधारमा सञ्चालक समितिले आवश्यक निर्णयहरु गर्ने बताउनुभएको छ । साकोस मापनको वस्तुनिष्ठ आधार PEARLS भएको बताउँदै उहाँले साकोसको स्वथ्यताको परिचय पनि त्यसैले नै दिने उल्लेख गर्नुभयो । पोखरामा सुरु भएको PEARLS तालिमको उद्घाटनमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षले अन्य सहकारीले सहकारीका मूलय मान्यता र सिद्धान्तको पालना गरे हुने तर वित्तीय सहकारीले सो को साथै वित्तीय मापदण्डको पालना गर्नुपर्नेतर्फ सबैलाई सचेत तुल्याउनुभयो । त्यसका लागि PEARLS, प्लान, पोलिसी र प्रोफेशनल म्यानपावर संस्थामा लागू हुनुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका उहाँले विषम परिस्थितिमा नेफ्स्कून सधै सदस्यहरुको साथमा रहने पनि विश्वास दिलाउनुभयो । वित्तीय सहकारीहरु अन्य सहकारीहरु भन्दा पृथक रहेको पनि उहाँले जिकिर गर्नुभयो ।

यसैगरी, उहाँले साकोस एकरुपता प्रणालीलाई नेफ्स्कूनका प्रत्येक सदस्य संघ संस्थाले रणनीतिक महत्वसहित लागू गुर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । सदस्य मालिक भएको र मालिकले चाहेमा संस्था कहिल्यै समस्यामा नपर्ने भन्दै त्यसको अनुभूति सदस्यहरुलाई गराउनुपर्नेतर्फ उहाँले जोड दिनुभयो । बरिष्ठ उपाध्यक्ष अधिकारीले नेफ्स्कून सदस्य संस्थाको क्षमता अभिवृद्धिका साथै जल्दाबल्दा मुद्दाहरुमा बहसपैरवीमा रहेको पनि उल्लेख गर्नुभयो । 

माघ १५ गतेदेखि १७ गतेसम्म सञ्चालित तालिमको उद्घाटनमा नेफ्स्कूनका सञ्चालकद्वय कमलादेवी गिरि तथा गोपाल प्रसाद गौतम पनि सहभागी हुनुहुन्थ्यो । यसैगरी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्की, नेफ्स्कूनका पूर्व सञ्चालक एवम् पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङ, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइराला लगायतको पनि उद्घाटन कार्यक्रममा उपस्थिति थियो । नेफ्स्कूनका तालिम अधिृकत उमेश कोइरालाको सहजीकरण रहेको तालिमको समग्र कार्यक्रम व्यवस्थापन संघको पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुर्यप्रसाद तिमल्सिनाले गर्नुभएको छ भने उद्घाटन कार्यक्रम सञ्चालन नेफ्स्कूनका अधिकृत मनोज खड्काले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप