सहकारी सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय समिट गर्दै बागमती प्रोस्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय समिट गर्दै बागमती प्रोस्कून

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले पहिलो पटक प्रदेशस्तरीय साकोस समिट आयोजना गर्ने भएको छ । बागमती प्रदेश साकोस समिट २०८० आगामी फागुन १६ र १७ गते भक्तपुरमा आयोजना गर्न लागिएको हो ।

‘सहकारी सुदृढीकरणको आधारः सहकार्य एकता र विश्वास’ भन्ने थिमका साथ प्रदेशस्तरीय साकोस समिट आयोजना गर्न लागिएको बागमती प्रोस्कूनले जनाएको छ । बागमती प्रदेश भित्रका वित्तीय सहकारीहरुको व्यवसाय विकास, प्रवर्धन र बजारीकरण लगायतका कार्यमा टेवा पुर्याउन २०७७ साल साउन १३ गते विधिवत दर्ता भई सञ्चालनमा आएको बागमती प्रोस्कूनले राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएका विज्ञहरुको सहजीकरणसहित सहकारी अभियानका वर्तमान समस्या, तिनको वस्तुगत समाधान र भविष्यको रणनीतिक मार्गचित्र तयार गर्न सहज हुने उद्देश्यले प्रदेशस्तरीय समिट आयोजना गर्न लागेको जनाएको छ ।

समिटमा नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले 'कानून कार्यान्वयन र अभियन शुद्धीकरणका लागिः सहकारी एकीकरण र वर्गीकरण‘ विषयमा र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले 'सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ विषयमा कार्यपत्र प्रस्तुति गर्ने कार्यक्रम छ ।

यसैगरी, दक्ष जनशक्ति पलायन मुलुककै समस्या बनिरहेको समयमा सहकारीमा यसको प्रभाव कस्तो र कति देखिएको छ, कसरी जनशक्ति भित्राउने र उनीहरुलाई उत्प्रेरणा प्रदान गर्ने, सहकारी सुशासन प्रवर्धनमा प्रविधिमैत्री कारोबार, सहकारी सुदृढीकरणको आधार, कानून कार्यान्वयन र अभियान शुद्धीकरणका लागि सहकारी एकीकरण र वर्गीकरणको आवश्यकता र यसका विधिहरु, सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणको विषय र यसका भावी जोखिम र कार्यान्वयन रणनीति आदि बारे पनि विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुतिसहित सहभागीहरुका जिज्ञासाहरु सम्बोधन गरिने  बागमती प्रोस्कूनले जनाएको छ । समिटमा सहभागिताका लागि बागमती प्रोस्कूनले नाम दर्ता गर्न आग्रह सहित प्रचार प्रसार समेत सुरु गरिसकेको छ ।

बागमती प्रदेशमा उद्धव सापकोटाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति तथा देव प्रसाद त्रिपाठीको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ भने ८ सदस्यीय सल्लाहकार समिति तथा केशवप्रसाद दाहालको नेतृत्वमा करिब १ दर्जन व्यवस्थापन समूह रहेको छ । संघले ‘सक्षम र पूर्ण सेवाका लागि समर्पित उत्कृष्ट वित्तीय सहकारी सञ्जाल’ को परिकल्पना तय गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप