चन्द्रागिरि नपाद्वारा सहकारीका लागि विद्युतीय प्रशिक्षण स्रोत सामग्री तयार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि नपाद्वारा सहकारीका लागि विद्युतीय प्रशिक्षण स्रोत सामग्री तयार

काठमाडौं । नगर क्षेत्रका सहकारीमा जोखिम तथा समस्या आउन नदिन चन्द्रागिरि नगरपालिकाले सहकारीको क्षमता विकास एवं कानुनी पक्षलाई सुदृढ बनाउ थालेको छ । यसका लागि नगरपालिकाले तालिम एवं प्रशिक्षणलाई फरक ढङ्गबाट सञ्चालन गर्न सुरुआत गरेको छ ।

हाल नगर क्षेत्रका विभिन्न विषयका करिब एक सय ४० सहकारी संस्था  छन् । प्रशिक्षणका लागि नगरपालिकाले  ‘डिजिटल वेब’मा आधारित ‘प्लेट फर्म’ अर्थात्  विद्युतीय प्रशिक्षण स्रोत सामग्री तयार गरी कार्यान्वयनमा ल्याएको हो ।  नगरपालिकाले प्रशिक्षण सामग्री सहकारी संस्थाका कार्यसमिति, व्यवस्थापक तथा अध्ययन गर्न चाहने अन्य सदस्यलाई उपलब्ध गराएको छ ।

सामग्रीभित्र सहकारी सञ्चालन, कर, नेतृत्व विकास, संस्थागत सुशासनलगायत ४० विषयवस्तु रहेका छन् । सरकारका पूर्वसचिव, सहकारी क्षेत्रका उच्च व्यवस्थापक, प्राध्यापकलगायतले ती सामग्री तयार पारेका हुन् । ती सामग्रीको अवधि एक सय ५० घण्टा अवधिकोे छ । ती सामग्री प्रयोगकर्ताले आफ्ना ‘डिजिटल’ माध्यमबाट जुनसुकै समयमा पनि पढ्न, हेर्न र सुन्न सक्नेछन् ।

नगरपालिकाले हल तथा कोठाभित्र सञ्चालन हुने सहकारी सञ्चालनसम्बन्धी प्रशिक्षण तथा तालिमको विकल्पमा विद्युतीय प्रशिक्षण स्रोत सामग्रीलाई पहिलोपटक यस वर्षदेखि उपयोगमा ल्याएको हो ।

विद्युतीय प्रशिक्षण स्रोत सामग्रीका बारेमा सहकारी संस्थाका प्रतिनिधिलाई जानकारी दिन आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो, “आर्थिक समृद्धिको आधार सहकारीलाई थप प्रवद्र्धन गर्ने र यस क्षेत्रमा जोखिम तथा समस्या आउन नदिने नगरपालिकाले नीति लिएको छ, कतिपय अवस्थामा कानुनी ज्ञान, क्षमता तथा व्यवस्थापकीय आदि पक्षबाट पनि समस्या आउन सक्दछन् । यस्ता समस्यालाई समयमै स्वयंले समाधान गर्न सकून् भन्ने ध्येयले विद्युतीय स्रोत  प्रशिक्षण सामग्री कार्यान्वयनमा ल्याएका हौँ । यसबाट सहकारीको क्षमता विकास हुनेछ ।”

नगरपालिकाले सहकारी संस्थालाई आफ्नो  ‘श्वेतपत्र’ जारी गर्न तथा सहकारीका नेतृत्वमा रहेकाको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । उहाँले भन्नुभयो,  “नियममा बसेर सञ्चालन भएका सहकारीमा जोखिम तथा समस्या आउँदैन । सहकारीका नेतृत्व, व्यवस्थापकीय थप विकास गर्न यो प्रशिक्षण सामग्रीले कोसेढुङ्गाको काम गर्ने मैले विश्वास लिएको छु ।”

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न विद्युतीय स्रोत प्रशिक्षण सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उहाँले भन्नुभयो, “विषयवस्तु, ज्ञानमा आधारित डिजिटल प्लेट फर्ममा रहेका सामग्री पढेर कार्यान्वयन भयो भने सहकारीमा समस्या आउन दिँदैन भन्ने मैले विश्वास लिएको छु । सामग्री अध्ययन गर्नुपर्यो ।”

कार्यक्रममा शाखा प्रमुख खड्काले एक वर्षमा विद्युतीय स्रोत प्रशिक्षण सामग्री उच्चतम उपयोग गर्ने तीन सहकारीलाई पुरस्कृत गरिने जानकारी दिनुभयो । सोही अवसरमा सहभागी सहकारीका संस्थाका प्रतिनिधिले सोधेका प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “विद्युतीय स्रोत प्रशिक्षण सामग्रीलाई सुधार गर्न सकिन्छ, तपाईंहरुले हामीलाई यस किसिमको सामग्री आवश्यक पर्छ भन्नुहोस्, त्यही किसिमको उपलब्ध गराउँछौँ ।” सो प्लेट फर्ममा सहकारी संस्था बीचमा अनुभव आदानप्रदान गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप