सहकारीले गरेका असल अभ्यासले सञ्चार माध्यममा उचित स्थान पाउनुपर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीले गरेका असल अभ्यासले सञ्चार माध्यममा उचित स्थान पाउनुपर्ने

बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की सञ्चालक सदस्य ज्ञानु पौडेलले सहकारीमा महिला सहभागिता हुनु सकारात्मक भएको बताउनुभएको छ । पौडेलले महिलाहरुले बिभिन्न भूमिका निभाएर वित्तीय क्षेत्रमा स्वरोजगार हुनुले महिला आत्मनिर्भरता तर्फ उन्मुख भएको बताउनुभयो । रेडियो मुक्ति बुटवलले मंगलबार आयोजना गरेको सहकारी समन्वयका लागि शिक्षा र सञ्चार बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताउनुभएको हो ।

महिला ब्यबस्थापक भएका सहकारीमा अनियमितता नभएको बताउदै पौडेलले सहकारीमा बचत गर्ने बानी भएका महिलाहरुलाई बचतको माध्यमबाट जिवनयापनमा सहज भएको बताउनुभयो । सहकारीका नियममा रहेर महिलाहरुले चलाएका सहकारी संस्थाबाट रोजगारी सिर्जना गरेको भन्दै पौडेलले इमान्दारीले नै महिलाहरु नेतृत्वमा पुग्न सफल भएको बताउनुभयो । उहाँले सहकारीले गरेका असल अभ्यासले सञ्चार माध्यममा उचित स्थान पाउनुपर्ने धारणा राख्नुभयो । 

आजको आवश्यकता भनेकै सहकारीले सञ्चारको सही सदुपयोग गर्नु रहेको बताउदै सहकारी बारे बाहिर आएका नकारात्मक कुराहरुलाई चिर्न सहकारीले राम्रा र पारदर्शी काम गर्नुपर्ने पौडेलको भनाई थियो । कार्यक्रममा सहकारी अभियन्ता तथा लेखक दलबहादुर गुरुङले सहकारीका बर्तमान समस्या ,सहकारीको भुमिका, सहकारीमा सदस्यहरुप्रतिको बिश्वसनियता, सहकारीको सिद्धान्त, सहकारीहरुबीच अस्वस्थ प्रतिस्पर्धा, सहकारीका ब्यवस्थापकको भूमिका लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो । 

ऋण खानका लागि मात्रै सदस्यता लिने प्रवृत्तिले पनि सहकारीमा समस्या सिर्जना भएको बताउदै गुरुङले कुन सदस्य साच्चिकै सहकारीलाई माथि उकास्न चाहान्छ भन्ने कुरा ठम्याउन आवश्यक रहेको बताउनुभयो । गुरुङले सहकारीमा सुशासन कमजोर हुदै गएको बताउनुभयो ।

त्यस्तै रेडियो मुक्तिका स्टेशन म्यमनेजर कल्पना तिवारीले सहकारी र सञ्चार माध्यमको समन्वयका बिषयमा सहजिकरण गर्दै सञ्चार माध्यममा आफ्ना सहकारीले गरेका कामहरुका बिषयमा जानकरी गराउन आवश्यक रहेको बताउनुभयो ।  तालिममा सहभागीको तर्फबाट बोल्दै पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक सरस्वती पाण्डे र जनउत्थान बचत तथा ऋण सहकारी सेवा केन्द्र प्रमुख गौरी चौधरीले तालिममा सहभागी भएर आगामी दिनमा सञ्चार माध्यममा कसरी र कस्ता सूचना दिनुपर्छ भन्ने बिषयमा जानकरी पाएको बताउनुभयो ।

कार्यक्रममा सहभागी भएपछि सञ्चार माध्यममा सहकारीका गतिबिधि प्रवाह गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे  । कार्यक्रममा अन्टार्टिकामा पुग्ने पहिलो नेपाली भुवनसिङ बिस्वकर्माको पनि उपस्थिति रहेको थियो । रेडियो मुक्तिले यस भन्दा अगाडि पनि पहिलो चरणमा मंसिर ५ गते कार्यक्रम आयोजना गरेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप