नेफ्स्कून र बचत संघहरु सँगसँगै यात्रा गर्नुपर्छः अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र बचत संघहरु सँगसँगै यात्रा गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले आज कोशी प्रदेशका दुई बचत संघ तथा एक स्थानीय तहसँग सहकारीको समसामयिक विषयमा अन्तरक्रियात्मक छलफल गर्नुभएको छ । उहाँले आज इलाम जिल्ला बचत संघकी अध्यक्ष मन न्यौपाने, निवर्तमान अध्यक्ष लीला प्रसाद थापा लगायतको टीमसँग छलफल गर्नुभएको हो । उक्त भेटमा नेफ्स्कूनकी निवर्तमान सञ्चालक गोमा नेपाल पनि सहभागी हुनुभएको थियो । यसैगरी, नेफ्स्कून अध्यक्ष ढकालले झापा बचत संघका अध्यक्ष तुलाराम न्यौपाने, उपाध्यक्ष एवम् नेफ्स्कून पूर्व सञ्चालक चन्द्राकुमारी खड्का भट्टराई लगायतको टीमसँग पनि छलफल गर्नुभएको हो ।

दुबै भेटमा उहाँले नेफ्स्कूनले जिल्ला बचत संघसँगको सम्बन्धलाई बलियो बनाउँदै लगिनेमा आश्वस्त तुल्याउनुभयो । उहाँले भन्नुभयो, ‘नेफ्स्कून र बचत संघहरु सँगैसँगै हिड्ने हो । हामीबीच सहकार्य बलियो बनाउँदै लानुपर्छ र त्यसका लागि नेफ्स्कूनले रणनीतिक दिशाबोध समेत छिट्टै गर्ने जानकारी गराउनुभयो । यस्तै, रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोसँग पनि आधारशिला कार्यक्रममा भैरहेको प्रगति र थप सम्भावनाबारे छलफल गर्नुभएको थियो । नेफ्स्कूनले रोङ गाउँपालिकासँगको साझेदारीमा स्थानीय सहकारीहरुको अवस्था विश्लेषण, क्षमता अभिवृद्धि लगायतका कामहरु गरिरहेको छ । यो सहकार्यलाई थप मजबूत बनाउन के गर्न सकिन्छ भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप