काठमाडौं । कलंकीको स्यूचाटारमा ४० जनाको सहभागितामा २०६३ साल आश्विन ७ गतेबाट सहकारी यात्रा प्रारम्भ गरेको स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लिमिटेड अहिले ५ हजार ३३० सदस्यहरुको वित्तीय सारथी बनेको छ । सदस्यहरुको सम्पूर्ण सुख दुःखमा होस्टे हैंसे गर्दै अगाडि बढेको साकोसको चैत्र मसान्त सम्मको कुल सम्पत्ती ८८ करोड ३६ लाख ७१ हजार ३८१ पुगेको छ । सहकारीको कूल शेयर पुँजी ७ करोड ९७ लाख ४१ हजार ८०० पुगेको छ ।
साकोसका प्रमुख कार्यकारी अधिकृत मधुकर काफ्लेका अनुसार संस्थाको जगेडा कोषमा ८ करोड १० लाख ७२ हजार रुपैँया जम्मा भएको छ । अन्य कोषमा ५ करोड ७३ लाख १५ हजार ५५४ रुपैँया छ । हाल साकोसलको बचत निक्षेप ६५ करोड ८८ लाख रुपैँया रहेको छ भने ६५ करोड ५ लाख ६६ हजार रुपैँया ऋण लगानी भएको छ । साकोसमा २६८ जना ऋणी सदस्य छन् ।
साकोसको कायक्षेत्रभित्र काठमाडौं नगरपालिकाका १३, १४ र १५ वडा सहित, नागार्जुन नगरपालिका र चन्द्रागिरी नगरपालिकाका सबै वडा समेटिएका छन् ।
साकोसको आफ्नै सुविधासम्पन्न भवन छ । प्रविधि प्रयोगमा पनि निकै अगाडि रहेको साकोसले आफ्ना सदस्यहरुमाझ मोबाइल बैंकिङ, क्यूआर सेवा, कनेक्ट आईपिएस्, रेमिट्यान्स लगायतका सेवाहरु सञ्चालमा छन् । सदस्यहरुले मोबाइलबाट नै रकम ट्रान्फर गर्नका साथै बिजुली, खानेपानी लगायतका बिल तिर्न सक्ने सुविधा साकोसले उपलब्ध गराएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) मा आबद्ध स्यूचाटार साकोस संघको अन्तरलगानी सेवामा समेत सहभागी छ । संघद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेशनमा समेत आबद्ध रहि विगत ४ बर्षदेखि स्वस्थ वित्तीय सूचक निर्माणमा समेत प्रतिबद्ध छ । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रक्रियाका बारेमा जानकार रहँदै साकोसले सहकारी सिद्धान्तको पूृर्ण परिपालनाई आत्मसाथ गरेको छ ।
सदस्य केन्द्रीत सेवाप्रवाहलाई प्रमुखता दिएको साकोसले सदस्यहरुको स्वास्थ्य उपचारमा विशेष ध्यान दिई मनमोहन मेमोरियल, नेशनल, सफल डेन्टल, दृष्टी आँखा केन्द्र लगायतका अस्पतालहरुमा साकोसको सदस्य कार्डबाट सम्पूर्ण स्वास्थ्य उपचारमा विशेष छुट सुविधाका लागि साकोस र अस्पतालबिच सम्झौता गरि कार्यान्वयन गरिरहेको छ । त्यसैगरि कुनै सदस्यलाई नेपाल सरकारले परिभाषित गरेका असाध्य रोग लागेको अवस्थामा प्रति सदस्य ५० हजार स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने गरेको छ । सदस्य र सदस्यका परिवारको मृत्यु भएको खण्डमा १३ दिन भित्रै परिवारलाई भेटेर दुःख साट्दै शेयर लगानीको आधारमा १० देखि २० हजार रुपैयासम्म काजकिरिया खर्च सहयोग उपलब्ध गराउने गरेको छ । यस बाहेक गर्भवती तथा सुत्केरी सदस्यलाई सहयोग, ज्येष्ठ नागरिक तथा असल शेयर सदस्यहरूलाई सम्मान लगायतका सदस्य हितका कार्यक्रम सहकारीले गर्दै आएको छ ।
सदस्यहरुको दुख र सुखमा जहिल्यै सहयोगीको रुपमा रहेको स्यूचाटार साकोसले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित १० वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने सदस्यका छोराछोरीहरु २० जनालाई प्रत्येक बर्ष छात्रवृत्ति स्वरुप ४ ४ हजार रुपैंया उपलब्ध गराउने गरेको छ । त्यसैगरि इन्जिनियरिङ र मेडिसिन विधामा स्नातकोत्तर गर्ने छात्रछात्रा मध्येबाट उत्कृष्ट एक जनालाई प्रत्येक बर्ष सम्मान स्वरुप रु २५ हजार प्रदान गर्ने गरेको छ भने कक्षा १२ मा उत्कृष्ट स्थान हासिल गर्न सफल छात्रा र छात्रालाई सम्मान गर्ने गरेको छ ।
साथै साकोसले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दौड प्रतियोगिता, स्वास्थ्य शिविर, वित्तीय साक्षरता, रक्तदान कार्यक्रम, निवन्ध लेखन प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्ने गरेको छ ।
आश्विन स्थापना महिना परेका कारण साकोसले साधारणसभा र स्थापना दिवस एकसाथ मनाउने गरेको साकोसका सिईओ काफ्लले साकोस आवाजलाई जानकारी गराउनुभयो । सो अवसरमा साकोसले जेष्ठ सेयरसदस्य, बालबचतकर्ता, उत्कृट व्यवसायी, उत्कृष्ट बचतकर्ता सदस्यहरुलाई पनि सम्मान गर्ने गरेको छ ।
सदस्यहरुबाट नियमित बचत संकलन र सदस्यहरुलाई नै सहुलियत पूर्ण व्याजदरमा कर्जा प्रदान गरेर उद्यमी बन्न समेत प्रोत्साहन गर्दै आइरहेको स्यूचाटार साकोस सदस्यहरुको दुःख अनि सुखको साथी बन्न सफल भएको छ ।
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
३२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
१२ दिन अगाडि