काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५, ६८औं राष्ट्रिय सहकारी दिवस र विश्व बचत तथा ऋण सहकारीका प्रणेता F.W. RAIFFEISEN को जन्मदिन (मार्च ३०) को अवसर पारेर चैत्र १७ गते, भोलि "सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र" सम्बन्धी कार्यक्रमको तयारी पुरा गरेको छ । ।
क्रेडिट युनियनका अग्रगामी तथा समाज सुधारक फ्रेडरिक विल्हेम राइफिसेनका निर्देशन र मार्गदर्शक सिद्धान्तहरुको अनुशरण गर्दै नेपालको बचत तथा ऋण सहकारी अभियानको दिगो र संस्थागत विकासका लागि एउटा प्रेरक मार्गदर्शकको रुपमा राइफिसेनको स्मरण गरिने संघले जनाएको छ ।
त्यसैगरि ६८औं राष्ट्रिय सहकारी दिवसको पुर्वसन्ध्यामा ‘मर्यादित सहकारीः समुन्नत समाज’ को थिममा रहेर आयोजित सम्पूर्ण कार्यक्रमहरुमा संघको ऐक्यबद्धता सहित नेपाल लगायत विश्वव्यापी रुपमा मनाईएको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मा सहकारी सम्बन्धी जनचेतना, सफलताका कथा, सम्भावनाबारे शिक्षा र चेतनामूलक गतिविधिहरु सञ्चालनबारे देशव्यापी आव्हान समेत गरिनेछ । बचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो र संस्थागत बनाउन साथै अन्तर्राष्ट्रिय सिद्धान्त र असल अभ्यासको अनुशरणका लागि दिशानिर्दिष्ट गर्ने उद्देश्य कार्यक्रमको रहेको छ । कार्यक्रममा संघमा आबद्ध देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुलाई र सहकारी पत्रकार समाज (सिजेएन) लाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा आयोजना हुने कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुखत्वमा हुँदैछ । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेल, विभागका रजिष्ट्रार उमेश ढुङ्गाना, महासंघका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, संघका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु सहित संघको सञ्चालक समितिको विशेष उपस्थिति रहनेछ । कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र विषयक कार्यपत्र प्रस्तुतीकरण गर्नुहुनेछ । कार्यक्रममा संघमा आबद्ध देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहनेछ ।
१७ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
१७ घण्टा अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
२४ दिन अगाडि