महामारी(COVID-19)को अवस्थामा सहकारी संघ/संस्थाहरुमा जनशक्ति तथा सुशासन व्यवस्थापनको लागि जारी गरिएको मार्गदर्शन—२०७७ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महामारी(COVID-19)को अवस्थामा सहकारी संघ/संस्थाहरुमा जनशक्ति तथा सुशासन व्यवस्थापनको लागि जारी गरिएको मार्गदर्शन—२०७७ 

आम स्वास्थ्य संकटको अवस्थामा सहकारीहरुले साविकको जस्तो नियमित कार्यालय संचालन सम्भव नहुने भएकोले, मानवीय संकटको समयमा सदस्यलाई प्रदान गर्नुपर्ने अत्यावश्यक सेवाहरु नियमित र सुरक्षित तवरले उपलव्ध गराउन बचत तथा ऋण सहकारी संघ/संस्थाको लागि नेफ्स्कूनले जारी गरेको महामारी (COVID-19) मा सहकारी सेवा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७६ मा उल्लेख गरिएको जनशक्ति परिचालन सम्बन्धि व्यवस्थालाई थप सरलीकृत गर्न यो सहकारी संघ÷सस्थाहरुमा जनशक्ति तथा सुशासन व्यवस्थापन मार्गदर्शन—२०७७ जारी गरिएको छ । 

१.चालु आ. ब. २०७६।०७७ को अन्तिम चौमासिकमा बन्दाबन्दीको सामना गर्नु परेकोले संस्थाको वित्तिय अवस्था योजना अनुसार नभएको हुन सक्दछ वा हाल सदस्य हितमा गरिने कार्यक्रमहरुको आकार बढ्न गई संस्थागत आयको मात्रामा कमी भएको भए पनि बन्दाबन्दी अवधि भर संघ संस्थाको क्षमता, महामारीको चरण र अवधिको विश्लेषण गरी मौजुदा दरवन्दी यथासक्य कटौती नगर्ने  ।

२. महामारीको अबधि विदाको अबधि होइन, त्यसैले यस अबधिमा संस्थागत निर्णय बमोजिम कार्यसम्पादन गर्नु पर्दछ । महामारी अवधिमा परिचालन गर्नुपर्ने जनशक्ति व्यवस्थापनका योजना व्यवस्थापकले तयार गरी नीतिगत रुपमा जोखिम व्यवस्थापन कार्यदलबाट निणर्य गराई स्थानीय प्रशासन सँगको समन्वयमा संघ वा संस्थाको सेवालाई निरन्तरता प्रदान गर्ने ।

३. बन्दाबन्दी अवधिमा निश्चित जिम्मेवारी सहित कार्यसम्पादान गर्नु नपरेका कर्मचारीहरुको हकमा बन्दाबन्दी अवधिमा बिदा सञ्चित नहुने व्यवस्था गर्ने ।

४. महामारीको समयमा काम गर्ने जनशक्तिहरुको लागि आवश्यक आधारभूत स्वास्थ्य सुरक्षा (पीपीई, स्यानिटाइजर, मास्क, चश्मा, सुरक्षित कार्यस्थल) को प्रबन्ध भएको हुनु पर्दछ र बैकल्पिक बिधिवाट सेवा दिंदा सुरक्षालाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाउने । 

५. महामारीको समयमा कार्यालयले तोकेको कार्य, क्षेत्र, समय र साधन बाहेकको यात्रा प्रतिबन्ध गर्ने । 

६. जनशक्ति परिचालन योजना अनुरुप संस्थागत कार्यमा खटिएका व्यक्तिहरुको नियमित रुपमा स्वास्थ्य अवस्था बारे जानकारी लिने व्यवस्था मिलाउने । 

७. संस्थाको क्षमता तथा वित्तिय अवश्थाको आधारमा महामारीको समयमा कार्य स्थलमा नियमित खटिने कर्मचारीहरुको थप विमा, प्रोत्साहन भत्ता, यातायात साधन, आवागमन अनुमति प्रबन्ध आवश्यक संचार खर्च जस्ता न्यूनतम व्यवस्था संस्थागत रुपमा गर्ने ।

८. गर्भवती महिला, नियमित औषधि सेवन गरिरहेका जनशक्तिहरुलाई महामारीको समयमा परिचालन नगर्ने । 
९. नियमित काममा रहेको समयमा कर्मचारीहरुमा स्वास्थ्य समस्या देखिएमा सो समस्या समाधान गर्दा  भएको खर्च संस्थाले व्यवस्था गर्ने ।

१०. बन्दाबन्दीको अवधि लम्बिन गई संस्थाको खुद बचत ऋणात्मक भएमा, कर्मचारीहरुको आधारभूत तलवमान (तलव स्केल र ग्रेड) बाहेक अन्य सुविधाहरु पूनरावलोकन गर्ने ।  

११. महामारीको अवस्था, सरकारको निर्देशन, स्थानीय तह र प्रशासनले जारी गरेका निर्देशनहरु, सहकारी सञ्जालको मार्गनिर्देशन नियमित अध्ययन र विश्लेषण गरि आवश्यक समन्वयमा सेवा प्रवाहका विधि तय गर्ने व्यवस्था मिलाउने । 

१२. महामारीको अन्त्य भई जनजीवन सामान्य अवस्थामा आई संघ सस्था पूर्ववतः सञ्चालन नहुँदा सम्म नयाँ कर्मचारीहरुको नियुक्ति सम्बन्धी प्रक्रिया स्थगन वा रद्ध गर्ने ।  
 
१३. सदस्य संघ संस्थाले संचालन गरेको कुनै सेवा तत्काल संचालन गर्न नसकिने वा गर्नु नपर्ने भएको अवस्थामा श्रम ऐन २०७४ को दफा १५ बमोजिम जनशक्ति व्यवस्थापन गर्न सकिनेछ ।  यसमा, कुनै विशेष परिस्थिति उत्पन्न भएमा रोजगारदाता (संघ संस्था) ले कार्य स्थगन गरी जनशक्तिलाई जगेडामा राख्न सकिने व्यवस्था रहेको छ जसमा, दश जना वा सोभन्दा बढी जनशक्ति कार्यरत रहेको रोजगारदाता (संघसंस्था) ले श्रमिक जगेडामा रहेको अवस्थामा त्यस्तो जनशक्ति र संघसंस्थाबीच रोजगार सम्बन्ध कायमै रहनेछ र जनशक्तिलाई पन्ध्र दिनसम्म जगेडामा राख्न सक्नेछ तर सोभन्दा बढी समयको लागि जगेडामा राख्नु परेमा  आन्तरीक कार्यविधिमा व्यवस्था गरी लागू गर्ने । 

१४. यस मार्गनिर्देशनमा उल्लेख गरिएको प्रावधानहरुलाई सदस्य संघ संस्थाले विकास गरेको मानव संशाधन व्यवस्थापन नीतिमा महामारीमा जनशक्ति व्यवस्थापन सम्बन्धी परिच्छेद थप गरी अद्याबधिक गर्ने । 

१५. महामारी अवधिमा सम्पादन भएका सम्पूर्ण कार्यहरुको नीतिगत निर्णय र स्तरीय अभिलेखीकरण गर्ने । 

१६. महामारीको समयमा संस्थाको दैनिक क्रियाकलापलाई नियमित गर्न मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरु कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा अख्तियारी प्रत्यायोजन गर्ने । 

१७. सम्पर्कको आधारमा सेवा दिने कर्मचारी सेवा दिन निर्धारण गरिएको समय र स्थानमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउने । 

१८. महामारीको प्रभाव न्यूनिकरण, नियन्त्रण र राहतका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आव्हान गरेका राहत कोषमा सहयोग प्रदान गर्दा सदस्यको शेयर, बचत तथा उनीहरुको हक लाग्ने कोषमा असर नपर्ने गरी नीतिगत निर्णय र सदस्य हित प्राथमिकतामा पर्ने क्षेत्रमा सहभागिता जनाउने । 

१९. लेखा सुपरिवेक्षण समितिले बन्दाबन्दी अवधि समाप्त भएको मितिले १५ दिन भित्र उक्त अवधिको आन्तरीक लेखापरिक्षण गरी संञ्चालक समितिमा प्रतिवेदन पेश गर्ने ।                 

परितोष पौड्याल
अध्यक्ष

मिति २०७७।०१।११

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप