महामारी (COVID-19)मा  सहकारी सेवा व्यवस्थापन सम्बन्धी मार्गदर्शन—२०७६
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महामारी (COVID-19)मा  सहकारी सेवा व्यवस्थापन सम्बन्धी मार्गदर्शन—२०७६

                        नेफ्स्कून द्वारा सदस्य संघसंस्थाहरुका लागि 
महामारी (COVID-19)मा  सहकारी सेवा व्यवस्थापन सम्बन्धि जारी गरिएको मार्गदर्शन २०७६

१. जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन संचालक समितिका पदाधिकारीे संयोजक र व्यवस्थापन प्रमूख (व्यवस्थापक) सदस्य रहने गरी कम्तीमा तीन जनाको जोखिम व्यवस्थापन कार्यदल गठन गर्ने ।

२. जोखिम व्यवस्थापन कार्यदल मार्फत महामारीको चरण र प्रभाव सम्बन्धमा आधिकारिक निकायको सूचना तथा स्वीकृती अनुसार आफ्नो सेवा क्षेत्र भित्रको अवस्था नियमित सुक्ष्म विश्लेषण गरी सदस्यहरुलाई आवश्यक सेवाहरुको पहिचान तथा प्रवाह गर्ने सुरक्षित बिधि सुनिश्चित गर्ने ।

३.    महामारीको अवधिमा संस्थाले प्रदान गर्ने अत्यावश्यकीय सेवाहरु प्रवाह गर्न आवश्यक मानव संशाधन ढाँचा, सुरक्षा प्रबन्ध, उत्प्रेरणा, समय र सुरक्षित बिधि परिभाषित गरी अत्यावश्यक वित्तीय (आपतकालिन ऋण र आकस्मिक बचत लगायत) सेवाहरु व्यवस्थापन गर्ने ।

४. सेवा क्षेत्रमा सदस्य तथा समुदायको महामारीवाट संरक्षण गर्न स्थानीय तह तथा सरोकारवालाहरुसंगको सहकार्यमा निर्धारित न्यूनतम मापदण्ड भित्र रही स्वास्थ्य सचेतना, अति आवश्यक सदस्यहरुको जीवन निर्र्वाहको लागि राहत व्यवस्थापन, वित्तीय तथा मनोसामाजिक परामर्श सम्बन्धि कार्यक्रमहरु तर्जुमा गरी क्षमताका आधारमा संचार तथा प्रविधिका माध्यमद्वारा नियमित संचालन गर्ने ।

५. महामारीको अवधिमा प्रबिधिमा आधारित सेवाहरुको प्रभावकारी संचालन, टेलीफोन तथा अन्य सञ्चारका माध्यमबाट सम्पर्क व्यक्ति मार्फत व्यक्ति व्यक्ति वित्तीय सेवा (P to P) प्रवाह प्रणाली, निश्चित समय र स्थान  तोकि सदस्य आउँदा आउँदै काउन्टरमा नगईकनै सेवादिन सकिने विधि -Drive through Window)मार्फत अत्यावश्यक वित्तीय सेवा, सुरक्षित घर दैलो -Door Steps Service)सेवा संचालन प्रणाली, ड्रप बक्स (Drop Box) मार्फत सेवा प्रवाह, रिमोट भुक्तानी पुर्जा (Remote Cheque Payment)मार्फत बचत तथा भुक्तानी प्रणाली जस्ता बैकल्पिक बिधिहरु विकास तथा उपयोग गरी अत्यावश्यक वित्तीय सेवाहरु सुनिश्चित गर्ने ।

६. महामारीमा सेवा व्यवस्थापनका लागि मानव संशाधन व्यवस्थापनमा सम्पर्क व्यक्ति तोक्ने, सुरक्षित रुपमा आलोपालो प्रणाली, जनशक्तिको सुरक्षा र उत्प्रेरणाका बिधिहरुको विकासका साथै कार्य विवरण परिभाषित गरी घरवाट कार्यालयको काम गर्ने प्रणाली (Working from Home)विकास र कार्यान्वयन गर्ने ।

७. महामारी अवधि (बन्दाबन्दी) शुरु भएको दिन सम्म संस्थामा जम्मा भएको बचत र लगानीमा रहेको ऋण रकममा संस्थाले लिने दिने व्याजदर साविकको व्यवस्था बमोजिम गर्ने र सो पछिका लागि संघ संस्थाले बजार अध्यायन गरी आवश्यक नीतिगत पुनरावलोकन मार्फत व्याजदर थपघट गर्ने ।

८. महामारी अवधि (बन्दाबन्दी) अन्त्य भएको एक महिना पछि सम्म बचत तथा ऋण सेवामा हर्जना नलिने र महामारीको अवधि (बन्दाबन्दी)मा ऋणको किस्ता बुझाउने सदस्यहरुलाई संस्थाले कम्तिमा १० प्रतिशत रिवेटको व्यवस्था गर्ने ।

९.सदस्यहरुलाई ऋण लगानी गरेको क्षेत्र तथा सदस्यहरुको तिर्न सक्ने क्षमताको विश्लेषण गरी महामारी अवधि (बन्दाबन्दी) समाप्त भएको मितिबाट अधिकतम छ महिना सम्म ऋणको अन्तिम भुक्तानीको अवधि थप गर्ने ।

१०. महामारी अवधिमा आपतकालिन ऋण सेवा बाहेक अन्य ऋण लगानीको हकमा प्रति व्यक्ति प्राथमिक पूँजी कोषको ५ प्रतिशतमा नबढ्ने र कम्तिमा २५ प्रतिशत तरलता सुनिश्चित गरेर मात्र ऋण सेवा प्रवाह गर्ने साथै १ वर्षभन्दा बढि अबधिका ऋण प्रवाहलाई निरुत्साहन गर्ने ।

११. प्रबिधिमा आधारित भुक्तानी सेवाहरु उपयोगमा प्रोत्साहन गर्न भुक्तानी सिमा बृद्धि तथा शुल्क छुटको व्यवस्था गर्ने ।

१२. संस्थाको तरलता व्यवस्थापनका लागि बजार अध्ययन तथा आवश्यक भए अल्पकालिन ऋण सेवा सुनिश्चित गर्ने ।

१३. महामारी अवधि (बन्दाबन्दी) शुरु भएको दिन सम्म नियमित रहेको ऋणहरुको हकमा महामारी (बन्दाबन्दी) समाप्त भएको छ महिना सम्म ऋणको किस्ता र व्याज भुक्तानी प्राप्त नभए पनि उक्त ऋणको जोखिम व्यवस्था गर्नु नपर्ने ।

१४.सदस्यहरुको व्यवसाय निरन्तरताको लागि परामर्श तथा अन्य सेवा आवश्यकताको आधारमा प्रदान गर्ने । तरलता व्यवस्थापनको लागि बन्दाबन्दी अवधिसम्म न्युनतम बचत फिर्ताको सिमा तोक्ने ।

१५.समिति, उप समिति तथा व्यवस्थापनका बैठकहरु प्रबिधि वा अन्य सुरक्षित माध्यमवाट नियमितता दिने, प्रचलिन कानुन बमोजिम पेश गर्नु पर्ने प्रतिवेदन तथा प्रदान गर्नु पर्ने सूचनाहरु सरल र सुरक्षित माध्यमवाट पेश गर्ने ।

१६.संघसंस्थाले आफ्नो व्यवसायिक योजना पुनरावलोकन, महामारी अवधिको लागि अलग्गै योजना निर्माण तथा तरलता व्यवस्थापनको लागि स्पष्ट योजना बनाइ कार्यान्वयन गर्ने । 

१७. महामारीको अवस्थामा पनि सदस्यहरुलाई आकस्मिक बचत, पारिवारीक बजेट सहितको मित्तव्ययी खर्च व्यवस्थापन तथा दैनिक उपभोग्य वस्तुको मितव्ययी परिचालनको लागि नियमित सदस्य परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने ।  

१८.संघसंस्थाका संचालक, कर्मचारीहरु तथा सदस्यहरु विच नियमित सम्पर्क, सूचना तथा जानकारीहरु प्रवाहका विषयहरुमा टेलिफोन सम्पर्क, संस्थाको फेसबुक पेज, वेवसाईट वा सामुहिक म्यासेज मार्फत नियमित रुपमा संम्पर्कमा रहने । 

१९.महामारी अवधिमा सदस्य संघसंस्थाको सेवा व्यवस्थापनमा सहजीकरण गर्नको लागि नमूना “महामारीमा सहकारी सेवा व्यवस्थापन निर्देशिका, २०७६” विकास गरी संघको वेव साइट ww.nefscun.org.np मा राखिएको छ । उक्त निर्देशिका बमोजिम आफ्नो संस्थामा निर्देशिका निर्माण गरी सोहि अनुसार कार्यान्वयन गर्ने । 

परितोष पौड्याल
अध्यक्ष
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड
२०७६ चैत्र २९ गते शनिबार

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप