सहकारीका थप दुई विषय पठनपाठनको तयारीमा नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका थप दुई विषय पठनपाठनको तयारीमा नेफ्स्कून

काठमाडौं, २३ साउन । सहकारी व्यवस्थापक विषयको कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको नेफ्स्कूनले थप दुई विषयको कक्षा सञ्चालनको गृहकार्य पनि अघि बढाएको छ । नेफ्स्कूनको शिक्षा तथा स्रोत केन्द्र उपसमितिको आज बसेको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त बचत तथा ऋण परिचालन र रिसेप्सन तथा नगद परिचालक विषयको औपचारिक पठनपाठन कार्यक्रमको शुल्क तय गरी अन्तिम निर्णयका लागि सञ्चालक समितिको आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले ३ वटै छोटो अवधिका तालिम कार्यक्रम सञ्चालन निर्देशिका–२०७७ पनि तयार गरी अन्तिम स्वीकृतिका लागि सञ्चालक समितिमा पेश गर्ने निर्णय गरेको छ । स्मरणीय छ नेफ्स्कूनले सीटीईभीटीसँगको सम्बन्धनमा सुरु गर्न लागेको सहकारी व्यवस्थापक कार्यक्रमको औपचारिक शुभारम्भ संघको ३३ औं स्थापना दिवसको अवसरमा साउन ३२ गते गर्दैछ ।
 
नेपालमै सहकारीका निकायबाट सञ्चालन गर्न लागिएको यो पहिलो औपचारिक पठनपाठन हुनेछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको नेफ्स्कूनका महासचिव एवम् उपसमिति संयोजक दामोदर अधिकारीले बताउनुभयो । सहकारी व्यवस्थापक कक्षाको प्रवेश परिक्षाको नतिजा सार्वजनिक भइसकेको बताउँदै महासचिव अधिकारीले “अब छिट्टै कक्षा प्रारम्भ हुने जानकारी गराउनुभयो । उहाँले सीटीईभीटीको सम्बन्धमा थप २ विषयको पठनपाठन पनि छिट्टै सञ्चालनको तयारीमा हामी जुटेका छौं ।” 

यसैबीच, आजको बैठकले कोभिड–१९ ले उत्पन्न गराएको बन्दाबन्दीका समयमा नेफ्स्कून तालिम केन्द्रले सञ्चालन गरेका विभिन्न भर्चुअल तालिमहरुको विषयमा पनि छलफल गरेको महासचिव अधिकारीले बताउनुभयो । बैठकले असहज परिस्थितिमा पनि अभिभावक संघले सदस्य संस्थाहरुको माग र आवश्यकतालाई ध्यानमा राखी निरन्तर तालिम र शिक्षा कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा गर्दै तिनको सन्तुष्टि सम्बन्धी अनलाइन सर्वेक्षण गरी सहभागीहरुको राय संकलन गर्नुपर्ने, विद्यालय र विश्वविद्यालय तहमा सहकारी विषय समावेश गर्न भूुमिका निर्वाह गर्नुपर्ने, समुदाय सिकाई केन्द्रको स्थापनाको पहल गर्नुपर्ने, वस्तु तथा सेवा विकास सम्बन्धी तालिम सञ्चालन, साकोस तथा व्यक्तिगत सदस्यहरुको उद्यमशीलता विकासमा भुमिका खेल्नुपर्ने तथा उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धनमा जोड दिनुपर्ने, अनलाइन तालिम संचालनअघि पाठ्य सामाग्री सहभागीहरुलाई उपलव्ध गराउनु पर्ने आदि विषयमा सुझावहरु प्रदान गरेको महासचिव अधिकारीले बताउनुभयो । यसैगरी, जिल्ला संघ र प्रदेश संघ सँगको सहकार्य वृद्धि गर्नु पर्ने, साझेदारी कार्यक्रमलाई वृद्धि गर्ने तथा प्रभावकारी बनाउनुपर्ने सुझाव पनि प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो । 

उपसमिति संयोजक अधिकारी, सदस्य रामशरण घिमिरे र विरेन्द्र भण्डारी सहभागी बैठकमा सदस्यहरु रामहरी के.सी. र ज्ञानु पौडेलले भने अनलाइन सहभागिता जनाउनुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप