महासंघद्वारा सहकारीको सन्दर्भ व्याजदर सन्बन्धमा सुझाव संकलन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघद्वारा सहकारीको सन्दर्भ व्याजदर सन्बन्धमा सुझाव संकलन 

काठमाडौं, साउन २२ । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर निर्धारण समितिमा प्रतिनिधित्व गर्ने सहकारीकर्मी, महासंघका उपलब्ध सञ्चालक, केन्द्रीय संघ तथा उपत्यकाका जिल्ला सहकारी संघहरुसँग सदन्र्भ ब्याजदरको विषयमा सुझाव लिएको छ । आज महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा व्याजदर निर्धारण समितिका सदस्यहरु र व्याजदर निर्धारण गर्न गठित उपसमितिका संयोजक एवम् सदस्यहरुको  उपस्थिति रहेको थियो ।  सहकारी ऐन २०७४ को दफा ५१ ले रजिष्ट्रारले ब्याजदर निर्धारण समितिको सिफारिसका आधारमा सन्दर्भ ब्याजदर तोक्न सक्ने अधिकार प्रदान गरेको छ । सो समितिमा महासंघबाट वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल र केन्द्रीय विषयगत संघहरुबाट नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याललाई महासंघले निर्णय गरि पठाएको छ । त्यसैगरि सहकारी बैंकको प्रतिनिधिका रुपमा सिइओ सिए बद्री गुरागाईले प्रतिनिधित्व गर्नुभएको छ । 

निर्धारण समितिले ब्याजदर अध्ययन गरी सिफारिस गर्नका लागि बनाएको कार्यदलको संयोजक महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल हुनुहुन्छ । ५ सदस्यीय कार्यदलमा नेपाल राष्ट्र बैंकका केदार पोखरेल, सहकारी विभागका सुरेन्द्रराज पौडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई सदस्य हुनुहुन्छ । यो उपसमितिले वित्तीय बजार र सहकारी क्षेत्रको ब्याजदर अध्ययन गरी प्रतिवेदन तयारी गर्ने बताइएको छ । मल्लले सो छलफलमा ऐनको व्यवस्था र बजारको वित्तीय अवस्थालाई अध्ययन गरेर मात्र समितिलाई ब्याजदरको प्रतिवेदन उपलब्ध गराउने बताउनुभयो । अभियानको साझा धारणा बनाएर अगाडि बढ्ने महासंघका अध्यक्ष कँडेलले बताउनुभयो । 

गत बर्ष पहिलो पटक सहकारीमा ऋणको अधिक्तम १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । २०७६ साउन १९ गतेबाट सो लागु भएको थियो । यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहेन प्रावधान ऐनमा छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप