अर्को समाचार

NEFSCUN Day
२२३९ दिन अगाडि
युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

कृष्णकुमार श्रेष्ठ


                          


सहकारी संस्थाहरुमा ३५ वर्ष भन्दाकम उमेरका मानिसहरुको सहभागिता कति रहेको छ भन्ने यकिन तथ्याङ्क भेटिदैन । तर केही अध्ययनहरुले सहकारी संस्थाका अधिकांश सदस्यहरु ५० वर्ष भन्दा माथिको उमेर समूहको रहने गरेको देखाएका छन् । बचत तथा ऋण सहकारी अभियानमा सबैभन्दा सफल अभ्यास गरिरहेको दक्षिण कोरियामा पनि सदस्यहरुको उमेर समूहलाई विश्लेषण गर्दा यस्तै प्रकारको नतिजा देखापरेको थियो । नेपाल लगायत अन्य मुलुकहरुको पनि यही तथ्याङ्कसँग मिल्दोजुल्दो अवस्था रहेको देखिन्छ । विशेष गरी सन् १९९० पछाडि जन्मिएका पुस्तालाई हाम्रा सहकारी संस्थाहरुले आकर्षित गर्न सकेको छैन । सन् १९९० पछाडि जन्मिएको पुस्तालाई सहश्राब्दी पुस्ता पनि भनिन्छ । यही सहश्राब्दी पुस्ता नै सहकारीमा अभाव महशुस भएको पुस्ताको रुपमा लिन सकिन्छ । 

एक अध्ययन अनुसार सहकारी संस्थाहरुमा किन सदस्य नबनेको भनी युवाहरुलाई सोधिएको प्रश्नमा अधिकांश युवाहरुले सहकारीका बारेमा आफूहरुलाई राम्रोसंग जानकारी नभएको जवाफ दिए । यसबाट के प्रष्ट हुन्छभने युवाहरु हाम्रा सहकारी संस्थाहरुको प्राथमिकतामा अझै पर्न सकेका छैनन् । युवाहरुको रुची र आवश्यकता अनुसारको सेवाहरु सहकारी संस्थाहरुले दिन सकिरहेका छैनन् । युवा पुस्ता हरेक क्षेत्रको दिगो विकासका संवाहक हुन् । यो पुस्तालाई सहकारी क्षेत्रले समेट्न सकेन भने सहकारी क्षेत्रकै भविष्य पनि अन्धकार हुन सक्दछ ।

राष्ट्रिय युवा नीति२०७२ अनुसार नेपालको कुल जनसंख्यामध्ये युवाहरुको संख्या ४०.३% रहेको छ । हाम्रा सहकारी संस्थाहरुमा यो अनुपात कति छ भन्ने विश्लेषण गर्न अतिनै जरुरी छ । धेर थोर सहभागिता जनाईरहेका युवाहरु पनि कहिले बैदेशिक रोजगारी, कहिले बैदेशिकशिक्षा त कहिले सेवाहरुद्वारा असन्तुष्ट भएको कारण देखाउँदै सदस्यता छाडिरहेका हुन्छन् । अधिकांश युवाहरुले सहकारी संस्थाहरुका सेवाहरु स्तरीय हुन्छन्, आर्थिक कृयाकलापहरु सञ्चालन गर्नको लागि भरपर्दो वित्तीय र व्यवसायीक सेवाहरु प्राप्तहुन्छन् भन्ने कुरा सोचेकै हुँदैनन् । त्यसै गरी सहकारी संघ संस्थाहरुलाई नेतृत्वप्रदान गरिरहेका व्यक्तिहरुले पनि युवाहरुलाई नेतृत्व अभ्यासमा आवश्यक मात्रामा अग्रसर गराउन सकेका छैनन् । केही संघ संस्थाहरु यथास्थितिवादलाई चुनौतीदिने काम गर्न चाहन्छन् तर केहीभने यस्ता चुनौतीहरुसँग डराउने गर्दछन् । किनकी नयाँ पुस्तालाई एकत्रित गर्न र अग्रसर गराउन परिवर्तनलाई आत्मसाथ गर्नुपर्दछ । युवा पुस्तालाई अग्रसर गराउनको लागि सहकारी क्षेत्रका नेतृत्वसँग अरुलाई अवसर लिनको लागि प्रोत्साहित गर्ने खुल्ला हृदय, साहसिक कदम उठाउन र जोखिम मोल्ने खुल्ला ईच्छाशक्ति र निरन्तर सिकाई तथा बृद्धि गरिरहने खुल्ला सोच हुन जरुरी हुन्छ ।

सहकारी संस्थाहरु युवा मैत्री कसरी बनाउन सकिन्छ?

सहकारीता भनेको सिद्धान्तमा आधारित उद्यम हो । जसले नाफालाई भन्दापनि  सदस्यहरुलाई आफ्नो व्यवसायको केन्द्रमा राख्नु पर्दछ ।  सहकारीले स्वाबलम्वन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यवद्धता जस्ता आधार मुल्यहरुलाई आत्मसाथ गर्दछ । सहकारी उद्यमको लोकतान्त्रिक चरित्रले सहभागिता, बृहत्तर अपनत्वलाई प्रोत्साहित गर्नुको साथै युवा सशक्तिकरणलाई प्रवद्र्धन गर्दछ । सहकारीको सिद्धान्त र मूल्यहरुले वास्तवमा युवाहरुलाई उनीहरुको आफ्नै उद्यम सिर्जना गर्न वा सम्भावित मानव संसाधनको रुपमा मर्यादित कार्य गर्न उत्प्रेरित गर्दछ ।

युवाहरुमा रोजगारी सृजना गर्नको लागि सहकारी क्षेत्रले काम गर्न सक्दछ । तलबी रोजगारीको लागि सक्षम मानव संसाधन आकर्षण गर्ने क्षेत्रको रुपमा सहकारी संस्थाहरु विकसितहुँदै गईरहेका छन् । श्रम बजारमा प्रवेश गर्ने युवाहरुको लागि आफ्नो आर्थिक आवश्यकताको साथै मानिसहरुसँग काम गर्ने व्यवसायमा संलग्नहुन सहकारीले आकर्षित गर्न सक्नुपर्दछ । त्यसैगरी स्वरोजगार बन्न चाहने युवाहरुको लागि उपयुक्त समाधान दिने क्षेत्रको रुपमा सहकारी संस्थाहरु सञ्चालित हुनु पर्दछ । अवसर र अनुभव भईनसकेको यस अवधिमा युवाहरुलाई सुरुवाती रोजगारी प्रदान गरी श्रम बजारमा प्रवेश गराउन सहकारीबाट प्राप्तहुने स्वरोजगारको यो विकल्प महत्वपूर्ण हुन सक्दछ ।त्यसै गरी सहकारी संस्थाहरुलाई पूर्ण समाधानको केन्द्रको रुपमा विकसित गर्न सक्नुअर्को आवश्यता भित्र पर्दछ । त्यो समाधानलाई हामी सहकारी समाधान (Cooperative solution) भन्न सक्दछौं । जस्तै सदस्यहरुको समृद्धि निर्माण गर्ने वस्तु तथा सेवा, सदस्य सुरक्षा कार्यक्रम तथा अन्य सेवाहरु, उद्यमशिलता विकासका अवसरहरु, वित्तीय साक्षरता र प्रविधिमा आधारित सेवाहरुलाई सहकारी समाधानको प्याकेजको रुपमा लिन सकिन्छ । यो प्याकेज भित्र युवाअवस्थाका आवश्यकताहरु समेत समाधान गर्ने सेवाहरु पर्नु पर्दछ ।

युवाहरुलाई सहकारीमा कसरी आकर्षित गर्न सकिन्छ ?

बचत तथा ऋण सहकारी संस्थाहरुले आज भोगिरहेको प्रमुख चुनौती भनेको ईन्टरनेटमा आधारित, फिनटेक कम्पनिहरुले मोवाइर्लहरुको माध्यमबाट प्रवाह गरिरहेको तेश्रो पक्ष भुक्तानी गर्न सकिने एप्लीकेसनको सिघ्र, सुलभ र उपभोक्ता मैत्री सेवाहरु प्रयोग गर्ने सदस्यहरुलाई मापन गर्न असक्षम हुनु वा गुमाउँदै जानु  हो यद्यपी त्यस्ता सेवाहरु लागतको हिसाबले महँगो छन् । उदाउँदै गरेको  थुप्रै बजार अर्थव्यवस्थाको लागि यो एउटा ठृलो नोक्सानी हो । सन् १९९० पछि जन्मिएका पुस्ता ईन्टरनेट, सम्पर्क सञ्जाल र  सिघ्र प्रतिक्रियात्मक सेवाहरु सँगसँगै हुर्किएका हुन्छन् । विश्वऋण परिषदको एक प्रतिवेदनका अनुसार पनि युवाहरु आफ्नो खाताखोल्न, ऋणमाग गर्न, ब्यालेन्स चेक गर्न, फण्ड ट्रान्सफर गर्न, विलहरु भुक्तानी गर्न, सूचना प्राप्त गर्न मोबाईलको प्रयोग गर्न रुचाउँछन् । उनीहरु कुनैपनि सेवा थोरै समय भित्र सजिलो सँग प्राप्त होस् भन्ने चाहन्छन् । तसर्थ सहकारी संस्थाहरुले अब अनलाईन तथा मोबाईल कोर सेवाहरु प्रदान गर्न अनिवार्य छ ।


वित्तिय संस्थाहरुमा नजोडिँदा पनि विश्वका कयौँ युवाहरु प्राय गुगल वालेट र पेपल जस्ता पेमेन्ट सिस्टमहरु प्रयोग गर्दछन् । आफ्नो सहकारीको खातामा जम्मा गरेको रकम देशभरीको जुनसुकै सहकारीमा गएर निकाल्न मिल्ने पेमेन्ट प्लाटफर्महरु कैयन एशियन मुलकहरुका सहकारीहरुमा प्रयोगमा आईसकेका छन् । हामीसँग हाम्रै क्षेत्रबाट प्रवद्र्धित पेमन्ट सिस्टमहरुको विकास भईनसके पनि निजी क्षेत्रबाट प्रयोगमा आईरहेका प्लाटफर्महरु प्रयोग गर्न सहजीकरण गरेर पनि सहकारी संस्थाहरुले युवाहरुलाई सहकारीको सेवामा आकर्षित गर्न सक्दछन् । सहकारीको सामान्य प्रोडक्टहरु भन्दा फरक युवा केन्द्रित प्रोडक्ट (Trendy not traditional) डिजाईन गरेर पनि युवाहरुलाई सहकारी संस्थाहरुमा सहभागी गराउन सकिन्छ । त्यसका लागि अव सहकारी संस्थाहरुले युवालक्षित सेवाको अवधारणा विकास गर्ने बजार र व्यवसाय विश्लेषण गर्दै युवाहरुका विचमा बजारीकरण गर्ने कार्य गर्न आवश्यक हुन्छ । युवाको राम्रै सहभागिता भएका सहकारी संस्थाहरुले पनि युवाहरुलाई चाहिने पूँजिको मात्र व्यवस्था गरिरहेको देखिन्छ । यो परम्परागत तरिका हो । अब पूँजि परिचालन गर्ने तरिका र योजना पनि पूँजिसँगसँगै युवाहरुलाई दिन सक्नु पर्दछ । यसको मतलब एउटा हातमा पुँजी र अर्को हातमा विधि र प्रविधि दिन सक्यौ भने हामीले युवाहरुलाई स्वरोजगार बनाउन सक्दछौं । 

युवाहरु राम्रो छविभएको संस्थामा आवद्ध भई गर्वको महसुस गर्न रुचाउँछन् भन्ने तथ्य विभिन्न अध्ययनहरुले देखाएको छ । तसर्थ सहकारी क्षेत्रले युवावर्गलाई आकर्षित गर्न बजारमा आफ्नो छवि राम्रो बनाउन सक्नुपर्दछ । जतिवेला अमेरिकामा वित्तिय सेवा क्षेत्र संकटमा परेको थियो त्यतिवेला त्यहाँका ७१ प्रतिशत युवाहरु भन्थे,“बैंकको कुरा सुन्न जानु भन्दा त हामीलाई डेण्टिस्ट कहाँ जान बढि मनपर्छ” । जवसम्म सेवाको गुणस्तर “वाह” भन्ने खालको हुँदैन तवसम्म युवाहरुलाई आकर्षित गर्नै सकिँदैन । तसर्थ सहकारी क्षेत्रमा अब हामीले वाह ! संस्कृतिको विकास गर्न आवश्यक देखिन्छ । 

युवाको कुरा युवाले मात्रै राम्रो सँग बुझ्न सक्दछ अनी युवाको कुरा युवाले मात्रै राम्रो सँग पत्याउँदछ । तसर्थ सहकारीको भिन्नता र यसको सुन्दर पक्षको बारेमा युवाकर्मचारीहरुलाई प्रशिक्षित गर्ने र युवा सदस्यहरुहरुसँग सम्पर्क, सञ्चार र व्यवहार गर्न युवाकर्मचारीहरुलाई युवादुत (Youth Ambassador) को रुपमा नियुक्ती गर्नु उपयुक्त हुने देखिन्छ । त्यसै गरी युवाहरुलाई सेवादिने विषयमा सहकारी क्षेत्र यदि गम्भिर हुने हो भने युवाहरुलाई नेतृत्वमा सहभागी हुने अवसर पनि दिनु पर्दछ ।

युवाहरुलाई आकर्षित गर्नको लागि सहकारीहरु युवाहरु भएकै ठाउँमा पुग्नु पर्दछ । युवाहरु कहाँ हुन्छन् त ? निश्चित रुपमा युवाहरुसँग अन्तरक्रिया हुने ठाउँभनेको अहिलेको समयमा सामाजिक सञ्जालहरु नै हो ।  त्यसकारण सहकारी संस्थाहरुको जानकारी तथा सूचनाहरु पोष्टमात्रै नगरि त्यसमा युवाहरुलाई अन्तरक्रिया गराउने गरियो भने सहकारीका विषयहरुमा युवाहरुलाई परिचित गराउँदै लान सजिलो हुन्छ । 

लेखकः चन्द्रागिरि साकोस, थानकोट काठमाडौंका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । 
 


 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप