प्रकाशकीय: प्रतिबद्धता डिजिटल फड्कोको
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रकाशकीय: प्रतिबद्धता डिजिटल फड्कोको

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कूनले ३३ औं स्थापना दिवसको अवसर पारेर नयाँ अभियानको थालनी गर्दैछ । सहकारी र सञ्चारबीचको सम्बन्धलाई थप मजबूत बनाउने उद्देश्यसहित बचत तथा ऋण सहकारीहरुको यो अभिभावक संघले आजबाट समग्र सहकारी अभियानको विकास, विश्वसनीयता र पथप्रदर्शनको पवित्र उद्देश्यसहित   www.saccosaawaj.coop.np डिजिटल पत्रिका शुभारम्भ गर्दैछ । सहकारी अभियानभित्र बाट सञ्चालनमा आएको यो पहिलो अनलाईन समाचार पोर्टल हो । यस अर्थमा आज इतिहास लेखिएको छ । इतिहासको जगमा विश्वसनीय, पठनीय, रोचक र तथ्यपरक  सामाग्रीहरुको माध्यमबाट थप उचाइँ हासिल गर्ने लक्ष्य डिजिटल पत्रिकाले लिएको छ । यो सहकारी क्षेत्रको डिजिटल यात्रामा सफलताको बलियो आधार अभियानको साथ र सहयोग हो । समाचारमा विश्वसनीयता, स्तम्भ सामाग्रीहरुमा नवीनता, विषयवस्तुमा विविधता र प्रस्तुतिमा रोचकताको बलमा यस अनलाईन अलग्गै पहिचान स्थापित गर्ने काममा जुटेको छ ।

सहकारीको सञ्जाल दिनानुदिन वृद्धि हुँदै गएको छ । तथ्याङ्क भन्छ– करिब ३५ हजार सहकारी संस्थाहरु अटाएको देशमा ६५ लाख सेवाग्राही सदस्यहरु छन् । १० खर्ब बढीको कारोबार छ । वित्तीय क्षेत्रमा करिब २० प्रतिशत योगदान गरेको सहकारी क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ५ प्रतिशत योगदान गरेको छ । बचत तथा ऋण सहकारीको संख्या १४ हजार रहेको छ भने नेफ्स्कूनको सञ्जालभित्र प्रत्यक्ष रुपमा ४ हजार वित्तीय सहकारीहरु छन् । यस अनलाईनको उद्देश्य ३५ हजार सहकारीहरु मात्र नभई ६५ लाख सदस्यहरुका सहकारीकर्म, उपलब्धि, गुनासा र सम्भावनाहरुको यथोचित सम्बोधन हो ।

सहकारीको मुल ध्येय भनेको सदस्य सेवा हो । यसलाई केन्द्रमा राखेर हाम्रा अभियानहरु सञ्चालन हुनेछन् । सहकारीका समस्याहरु उजागर गर्ने, समाधानको खोजी गर्ने, सदस्यहरुलाई सहकारी सम्बन्धी गतिविधिहरु सम्प्रेषित गर्ने हाम्रो ध्येय हो भने सहकारी अभियानको पहिलो रोजाईको डिजिटल पत्रिका बन्ने हाम्रो परिकल्पना हो । सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तको बहस पैरवी गर्दै सुशासन, पारदर्शीता, सदस्य केन्द्रीयता जस्ता विषय अनलाईनले प्रमुखताका साथ उठान गर्नेछ । बाटो बिराएकाहरुलाई पथप्रदर्शन गर्ने र अग्रणी काम गरेकाहरुलाई प्रोत्साहन गर्ने अभिभारा बोकेको यस अनलाईन सहकारी संस्था, सञ्चालक, सदस्य, लगायत सबैको साझा डिजिटल मञ्च बन्ने कोशिसमा रहनेछ । 

नेफ्स्कूनको होस्टेमा सबैको हैंसे आवश्यक छ । सहकारीका गतिविधिहरु ओझेलमा पारिनु हुँदैन, राष्ट्रिय अर्थतन्त्रको एउटा स्तम्भको भूमिका गौण छैन र यसको भविष्य उज्ज्वल छ भन्ने प्रमाणित गर्न यो डिजिटल पत्रिकाले कुनै कसर बाँकी राख्ने छैन । कोभिड–१९ को महाव्याधिबाट आक्रान्त बनिरहेको समयमा सहकारीमार्फत कृषि, रोजगारी र पर्यटन प्रवर्द्धनका सम्भावनाहरु प्रशस्त रहेकोतर्फ सरोकारवालाहरुको ध्यान आकृष्ट गराउन पनि यसले आफ्नो कलम चलाउने छ । व्यावसायिक पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको भूमिका सबल, सक्षम र दीगो बनाउने दिशामा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछौं । प्रविधिले छिटो र लामो पाइला चालेको अहिलेको अवस्थामा पत्रकारिता पढ्ने भन्दा बढी हेर्ने र सुन्ने दिशातर्फ मोडिएको छ । नेफ्स्कून पनि सहकारी पाठक, दर्शक र श्रोताको मागअनुरुप आफ्नो अनलाइनलाई सोही दिशाउन्मुख गराउने प्रतिबद्धता व्यक्त गर्दछ । पत्रकारिताको परम्परागत धार परिवर्तन गरेर अग्रगामी सोचका साथ नवीन प्रविधिहरुको प्रयोगमार्फत सुरुचिकर बनाउने हाम्रो प्रण रहनेछ । धन्यवाद । जय सहकारी ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप