आइसीए स्थापनाको आज १ सय २५ औं वर्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आइसीए स्थापनाको आज १ सय २५ औं वर्ष

काठमाडौं, ३ भदौ । विश्वभरका सहकारीहरुको छाता संगठन–अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) स्थापनाको आज १ सय २५ औं वर्ष प्रवेश गरेको छ । आइसीएको स्थापना इंगल्याण्डको लन्डन शहरमा सन् १८९५ को अगष्ट १९ मा आयोजित पहिलो सहकारी भेलाबाट भएको थियो । अगष्ट १९ अर्थात् आज देखि अगस्ट २३ सम्म ५ दिन लन्डनमा चलेको उक्त भेलामा अर्जेन्टिना, अष्ट्रेलिया, बेल्जियम, इंगल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, भारत, इटाली, स्वीट्जरल्याण्ड, सर्बिया र अमेरिकाका सहकारी प्रतिनिधिहरु सहभागी थिए । तत्कालिन भेलाले सहकारीका सिद्धान्तहरुको प्रचार प्रसारका साथै अन्तर्राष्ट्रिय व्यापार विकास गर्ने उद्देश्यका साथ आइसीए गठनमा सहमति जनाएका थिए ।

आईसीए प्रथम र द्वितिय विश्व युद्ध भोग्ने विरलै संस्था मध्येको एक हो । हाल आईसीएमा १ सय १० राष्ट्रका ३ सय १३ संस्था सदस्य छन् । सदस्यहरुबीचको वैचारिक विभेदका बाबजूद शान्ति, प्रजातन्त्र र वैचारिक तटस्थतालाई कायम राख्न आइसीए सफल भएको छ । सन् १८९६ मा आइसीएले राजनीतिक तटस्थताको नीति अंगीकार गरेको थियो । सन् १९२३ मा प्रथम पटक सहकारी दिवस मनाएको आइसीएले १९३७ मा सहकारीका सिद्धान्तहरुमा पहिलो पटक पुनर्विचार गरेको इतिहास छ । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न १५ औं विश्व सहकारी भेलाले सहकारी सिद्धान्तहरुमा पुनर्विचार सहित संशोधन गरेको थियो । पछि सन् १९४६ मा संयुक्त राष्ट्र संघले आइसीएको गतिविधिको गुणात्मक नतिजालाई नियमित नियाल्ने गरी “कन्सल्टेटिभ स्टेटस” प्रदान गरेको थियो । राष्ट्र संघले आईसीए बाहेक विश्वका अरु २ वटा मात्र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई यस्तो मान्यता प्रदान गरेको छ । आइसीएले सन् १९६६ मा दोस्रो पटक सहकारी सिद्धान्तमा परिमार्जन गरेको थियो भने सन् १९८२ बाट उक्त संस्थाको कार्यालय स्वीट्जरल्याण्डको जिनेभा सरेको थियो । हाल आईसीएको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा छ ।

विश्वभर कमै मात्र अन्तर्राष्ट्रिय संघ संस्थाहरुले यस प्रकारको लामो र बलियो इतिहास निर्माण गरेका छन् । यसैबीच, आइसीएका अध्यक्ष एरियल गुवार्कोले भिडियो सन्देश प्रेषित गर्दै आईसीको यो उपलब्धि समग्र विश्व सहकारी अभियानकै लागि कोशेढुङ्गो भएको दाबी गर्नुभएको छ । हाल विश्वले भोगिरेहेको कोभिड–१९ को चुनौतीलाई इंगित गर्दै अध्यक्ष गुवार्कोले सहकारीले आफ्नो सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसात गर्दै समुदायको हितको लागि समय, स्रोत र साधन खर्चिर्नुपर्ने बताउनुभएको छ । बिना कुनै हिच्किचाहट काममा खटिनुपर्ने बेला भएको उल्लेख गर्दै उहाँले यो वर्ष लाखौं मानिसहरुलाई सहकारीको सेवाको खाँचो रहेको स्पष्ट पार्नुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप