राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

काठमाडौं, ३ भदौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नश्वर शरिरले १ सय १ वर्षको उमेरमा हिजो साँझ हामी बाट सदाका लागि बिदा लिएको छ । नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्रको भौतिक शरिर यस लोकबाट टाढा भएपनि उहाँका अजर अमर कृतित्व हाम्रा साथमा युगौंयुग सम्म रहिरहनेछ । श्रद्धाका अश्रु, स्वर, संगीत र अनेकन भावहरु सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरुमा अटाइनअटाई छताछुल्ल पोखिएका छन् । लमजुङको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिनुभएका घिमिरे काठमाडौंको लैनचोरस्थित निवासमा १ सय वर्ष १० महिनामा मंगलबार दिवंगत हुनुभएको हो ।

उहाँका पद्य कविताहरु सरसपूर्ण र अत्यन्तै लोकप्रिय छन् । पत्नी गौरीको देहावसानको शोकमा उम्लिएका भावनाहरु पोखिएको ‘गौरी’ शौककाव्यले नसोचेको सफलता उहाँलाई दिलायो । यो सम्वाददातासँग धेरै वर्ष अगाडिको भेटमा पनि घिमिरेले आफुले पत्नी वेदना सहन नसकेर पस्केको भावले त्यो उचाइ प्राप्त गर्ला भन्ने नसोचेको बताउनुभएको थियो । घिमिरेको गौरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पछि सबैभन्दा पढिएको काव्य बनेको छ । उहाँका शकुन्तला, मालती मंगले, राजेश्वरी, राष्ट्र निर्माता, धरती माता, पापिनी आमा जस्ता थुप्रै कृति प्रकाशित छन् । गाउछ गीत नेपाली, रहौंला कहाँ नेपाली हामी नेपालै नरहे, फुलको थुँगा बहेर गयो गंगाको पानीमा जस्ता थुप्रै कालजयी गीतका स्रष्टा घिमिरेको बाल साहित्यमा उच्च योगदान छ ।

यसैबीच, सहकारीकर्मीहरुले पनि नेपाली साहित्य साधक घिमिरेको योगदानलाई व्यक्तिगत तथा सहकारी क्षेत्रसँग जोडेर सम्झनुभएको छ । सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले घिमिरेको निधनले आफु स्तब्ध र शोकाकुल भएको बताउनुभयो । नाताले स्वर्गीय घिमिरे आफ्नो मामा पर्ने भन्दै कक्षा १० तिर पढ्दा उहाँको घर लमजुङको बाहुनडाँडा पुगेको स्मरण गर्नुहुन्छ । ‘त्यतिबेला बेशीसहर सम्म गाँडी जाने भएपनि हामी तनहुँबाट त्यहाँ पुगेका थियौं’, अध्यक्ष पौडेल सम्झनुहुन्छ, ‘म घरमा एक रात बसेको पनि छु, काठमाडौं लैनचोरको घिमिरे निवासमा आउजाउ भैरहन्थ्यो ।उहाँले राष्ट्रकविको निधनले नेपाली साहित्यलाई अपुरणीय क्षति भएको धारणा राख्नुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलका अनुसार घिमिरे राष्ट्रलाई एकदमै माया गर्ने कवि हुनुहुन्थ्यो । ‘उहाँका राष्ट्रभावहरु गीत र कवितामा प्रशस्त भेटिन्छन्,’ कडेल भन्नुहुन्छ, ‘गौरी खण्डकाव्यका कतिपय लाइन मलाई मुखाग्र छ । मार्मिक भाव बोक्ने उहाँका रचनाहरु सुन्दा र पढ्दा नरमाउने को होला र ? यस्ता व्यक्तित्को निधनको खबर सुन्ने बित्तिकैदेखि मलाई हिजैदेखि एकदम नरमाइलो लागेको छ ।’

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेल पनि घिमिरेको निधनले आफु मर्माहत भएको बताउनुहुन्छ । ‘उहाँ राष्ट्रको गहना हुनुहुन्थ्यो । बाल्यकालदेखि नै घिमिरेको कविता, गीत सुनेर पढेर हुर्किएको हुँ । नेपाली साहित्यको भण्डार भर्न अतुलनिय भूमिका निर्वाह गर्ने घिमिरेलाई गुमाउनुपर्दा आज राष्ट्र मर्माहत भएको छ,’ पौडेलले भन्नुभयो, ‘उहाँका कृतिहरुले हामी र भावी पुस्तालाई पनि सत्मार्गमा हिड्ने प्रेरणा देओस् भन्ने कामना गर्दछु ।’

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल राष्ट्रकविको निधनले राष्ट्रले अमूल्य निधि गुमाएको विचार राख्नुहुन्छ । नेपाली साहित्यमा त्रिमूर्तिका नामले चिनिनुभएका साधकहरुपछि सबैभन्दा पहिले लिने नाम हो माधवप्रसाद घिमिरे जस्तो लाग्छ,’ बरिष्ठ उपाध्यक्ष ढकाल भन्नुहुन्छ, ‘उहाँका गीत र कविताहरु नेपाली जनजिब्रोमा झुण्डिएका छन् । उहाँको निधनप्रति हामी स्तब्ध छौं । नेफ्स्कूनको तर्फबाट पनि उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकमा डुबेको परिवार प्रति हाम्रो हार्दिक समवेदना छ ।’

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले राष्ट्रकविप्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँको निधनलाई अपुरणीय क्षतिको संज्ञा दिनुभयो । उहाँको साहित्यिक योगदानको सबैले उच्च मूल्याङ्कन गरेको बताउँदै महासचिव अधिकारी भन्नुहुन्छ , ‘नेपाललाई विश्व साहित्यमञ्चमा चिनाउने कविवरको भूमिकाको जति प्रशंसा गरेपनि कम हुन्छ । उहाँको निधनले व्यक्तिगत रुपमा म र मेरो संस्था शोकमा छ ।’

नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् सल्लाहकार ऋषिराज घिमिरे राष्ट्र कविको निधनले आफु अत्यन्त मर्माहत भएको बताउनुहुन्छ । ‘उहाँको बयान गरेर नसकिने भन्दै बयान गर्न नसकिने व्यक्तित्वको निधन राष्ट्रको लागि ठूलो क्षति हो,’ घिमिरे भन्नुहुन्छ, ‘कार्यक्रमहरुमा उहाँसँग एक दुईपटक भेट भएको थियो, खासै नजिकसँग चिनजान नभएपनि गाउँछ गीत नेपाली पहिला राष्ट्रिय गीत नै रहेको स्मरण छ ।’

नयाँ बानेश्वरस्थित ज्योतिपुञ्ज बचत तथा ऋण सहकारीका अध्यक्ष नवराज कार्की पनि राष्ट्रकविको निधनबाट आफु शोकाकुल भएको बताउनुुहुन्छ । ‘घिमिरेका गीत र कविताका श्लोक बुझी नबुझी हुर्किएको हुँ म । धेरै पछि मात्र गौरी खण्डकाव्यका रचयिता माधव घिमिरे हुनुहुदो रहेछ भन्ने ज्ञात भयो कार्की भन्नुहुन्छ, ‘उहाँको निधनमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको मन रोएको छ । उहाँले रचेको कालजयी गीत फुलको थुँगा बहेर गयो गंगाको पानीमा जस्तो लाग्यो मलाई त ।’

घिमिरेको पार्थिक शरिरलाई आजै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि बिहान उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले उहाँको शवमा राष्ट्रिय झण्डा पहिराउनुभएको थियो । त्यसपछि उहाँको शवलाई नेपाली सेनाले स्कर्टिङ गरेर पशुपति आर्यघाट पुर्याएको थियो । घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेका थिए । सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि अर्पण गरेको थियो । नेपाली साहित्यका मुर्धन्य हस्तीलाई हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मृत्युलाई उत्सवको रुपमा वर्णन गर्दै रचेको गीत उहाँको निधनपछि सञ्चारमाध्यमहरुमा बज्न थालेको छ । २०१६ सालमा उहाँले लेख्नुभएको गीत किन्नर किन्नरी पुस्तकमा प्रकाशित छ । उक्त गीत संगीतबद्ध  गरेर आफ्नो मृत्युपछि बजाइयोस् भन्ने राष्ट्रकविको चाहना बमोजिम हिजो उहाँ दिवंगत भएपछि सञ्चारमाध्यममा सार्वजनिक गरिएको गीत तल प्रश्तुत गरिएको छः

“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।
.................

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन
विहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
.......

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुईटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैमा हुन्छ अपर्ण
त्यसरी होओस् मरण ।।
..........
अमरपुरी सभामा आफैँलाई गँरु वरण
त्यसरी होओस् मरण ।।”

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप